१ कार्तिक २०८३, शनिबार

साग विजेता नेपाली फुटबल टोलीलाई धुर्मुस सुन्तलीको सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmus Suntali Honor Nawayug Shrestha1

काठमाडौं । २३ वर्ष पछि इतिहास रच्दै सागको उपाधि जित्न सफल नेपाली फुटबल टोलीलाई धुर्मुस सुन्तली फाउण्डेसनले नगद रु. २ लाख र कदर पत्रले सम्मान गरेको छ ।

हिजो मात्र स्वदेश फर्किएको टोलिलाइ धुर्मुुस सुन्तलीले पुरानो बानेश्वरस्थित आप्mनै कार्यालय परिसरमा सम्मान गरेका हुन् । भारत विरुद्धको फाइनल खेलमा दुई एक गोल अन्तरको जित निकालेको टोलिले सारा नेपाली लाई गौरवन्वित बनाएको यो घडिमा खेलाडिहरुलाइ सम्मान गर्न पाउनु अत्यन्तै खुसिको कुरा भएको फाउण्डेसनका उध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् ।

ओरालो लागेको नेपाली फुटबललाइ नवयूगमा प्रवेश गराउने यूवा खेलाडिहरुको सम्मानमा फिनल्याण्ड स्थित नेपालीहरुको संस्था नेपाली इन ताम्पेरे, फिनल्याण्डले पनि साथ दिएको छ । राष्ट्रका गहना मानिने नेपाली कलाकारहरुले । राष्ट्रकै गौरब नेपाली खेलाडीहरुको सम्मान गरेर हौसला बढाएकोमा खेलाडिहरुले धुर्मुस सुन्तलि प्रति कृतज्ञता जनाएका छन् ।

खेलकूदले सँधै देशको गरिमा बढाउने गर्छ । यसमा पनि फुटबलको चिर प्रतिद्धन्दि भारतलाई पराजित गरेकोले पनि आम नेपालीहरुमा असिमित खुसि छाएको छ । समावेसि खेलकूदको दायरालाइ यसपालि नेपाली फुटबल टोलिले अझ फराकिलो बनाएको र यो जितले सारा नेपालीमाझ जात धर्म क्षेत्र भन्दा माथि राष्टियता हुन्छ भन्ने प्रमाणित गरेको भन्दै सबैलाइ एकतामा बाँध्न सहयोग गरेकोमा फाउण्डेसनका कोषध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले खेलाडीहरुलाइ धन्यवाद दिइन् ।

सम्मान कार्यक्रममा खेलाडिहरुको ब्यस्तताका कारण टोलिका २ सदस्यमात्र उपस्थित थिए । कार्यक्रममा राष्टिय टोलीका महत्वपूर्ण खेलाडी नवयूग श्रेष्ठ र गोलकिपर विकेश कुथुले टोलिका तर्फबाट सबैको प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गरेका थिए ।