२४ कार्तिक २०८३, मंगलबार

ओलीलाई दिल्लीमा पनि नछाड्ने चेतावनी !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-modi

काठमाडौं, ६ फागुन । भारत भ्रमणको तरखरमा रहेका प्रधानमन्त्री केपीशर्मा ओलीलाई दिल्लीबाटै चेतावनी आएको छ ।

अधिकारको नाममा पाँच महिनादेखि तराईमा आन्दोलन गरिरहेको मधेसी मोर्चाका दिल्लीमा रहेका विद्यार्थी नेताहरुले भारत आउनु एकदिन अघि दिल्लीबाटै ओलीलाई नछाड्ने चेतावनी दिएका हुन् ।

सीमांकनको विवाद समाधान नगरी भारत भ्रमणमा गए प्रधानमन्त्री ओलीलाई दिल्लीमा कालो झण्डा देखाएर विरोध प्रदर्शन गर्ने तयारी भएको छ ।

ओलीलाई दिल्लीमा मधेशी-थारुहरुले कालो झण्डा देखाउनुका साथै विरोध प्रदर्शन गर्ने तयारी भएको हो ।

मधेशी-थारु-आदिवासी जनजातिहरुले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने र विरुद्धमा प्रदर्शन गर्ने तयारी गरिएको युनाइटेड मधेशी नयाँ दिल्लीका संयोजक संजय यादवले जानकारी दिए । उनले भने- ‘प्रधानमन्त्री ओली मधेसी र थारु विरोधी छन् । त्यसैले हामी विरोध गर्छौ । नेपाली दूतावास अगाडि पनि प्रदर्शन हुनसक्छ ।’

तर संयोजक यादबले विरोधका कार्यक्रमहरुको समय र स्थान सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री ओली भोलीदेखि ६ दिने भारत भ्रमणमा जाँदैछन् ।