
– विमल योगी
काठमाडौं, ६ फागुन । भोली (शुक्रबार)देखि ६ दिने भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुभएको छ ।
आफ्नो भ्रमणबारे जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा आफू भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो- ‘भ्रमणका बेला दुई देशको असमझदारी हटाउन पहल गर्नेछु ।’
उहाँले आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले सीमांकन मिलाउन राजनीतिक संयन्त्र बनाउने तयारी गरेको समेत जानकारी दिनुभयो ।













प्रतिक्रिया