२९ आश्विन २०८३, बिहिबार

रौतहटमा यौनसम्पर्क गर्न खोज्दा आमाछोरीको एकै चिहान !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

रौतहट । रौतहटमा यौन गर्न खोज्ने क्रममा आमाछोरीलाई एकै चिहान बनाइएको छ । यौन सम्पर्क गर्न खोज्दा नमानेपछि आमाछोरीको हत्या भएको हो ।

हत्यामा संलग्न रौतहटको चन्द्रपुर नगरपालिका–१३ का ५० वर्षीय राजेन्द्र दास तत्मालाई रौतहट जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश लक्ष्मीराम ढुंगानाको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरीले जनाएको छ ।

राजेन्द्रले रौतहटकै हर्दिया पल्टुवा गाविस–३ की ३५ वर्षीया रेणुदेवी साह र उनकी ९ वर्षीया छोरी अंकिताको गत ४ पुसमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

मृतकका श्रीमान रामबालक साह वैदेशिक रोजगारीमा रहेका बेला हत्या भएको हो ।