– विजय थापा
वाशिंगटन डिसी, ६ फागुन । अमेरिकामा ९० को दशक पछि नेपाली समुदायको चाप बिज गणतीय रुपमा बढ्दै गएको छ । अमेरिकामा थुप्रै नेपालीले अनेक प्रकारका उदाहरणीय काम गरेका छन् ।
यस्तै उदाहरणीय तथा नेपाली समुदायबीच प्रसंसा बटुल्न सफल सफल रहेका न्युजर्सीबाट संचालित युएसनेपाल अनलाईन डटकमका प्रधान सम्पादक, गुल्मी तम्घासका प्रदीप थापा मगरले बिहे पश्च्यात आफ्नो थर बदलेका छन् । उनले थापा मगर थरलाई आफ्नी पत्नीको थर परियारमा बदलेर अब प्रदीप परियार कानुनी रुपमा भएका छन् ।
जातीय विभेदको मारमा २५ करोड जनता छन्भन्दै यसको अन्त्य हाम्रै पालामा गर्ने प्रण गरौं भन्ने आफ्नो विहेको प्रथम वार्षिक उत्सवका दिन उक्त प्रतिबद्धता जाहेर गरेका छन् । यो अभियान हामी सबैको हो भनि बिकुल फुकेका छन् ।
जातीय विभेद र छुवाछुत प्रचलन मानव सभ्यताको कलंक हो भन्दै यो अमानवीय प्रथाको अन्त्य हाम्रो जीवन कालमा हुनु पर्दछ भनि सामाजिक संजाल मार्फत सचेतना गराएका छन् ।
गत वर्ष २०१५ को फेब्रुवरी १७ तारिख गोर्खा ताक्लुंग जन्मका हुन उनी । लामो समयदेखि बोस्टनमा रही सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी तथा एडवन (इम्पावर दलित वुमेन अफ नेपाल) कि सहसंस्थापक रहेकी बिष्णु माया परियारसंग अमेरिकाको मासाचुसेट्स राज्यको बोस्टन शहरमा गएर ‘अदालती विवाह’ गरेका थिए ।
उनले विहे दर्ता गर्ने बेलामा आफ्नी हुने वाली धर्मपत्नीलाई समेत सुईको नदिई दर्ता बिभागमा प्रदीप परियार थापा मगर लेखाएका रहेछन । जुन कुरा उनले गोप्य राखी आज आफ्नो वार्षिक विवाह दिनमा पत्नी बिष्णु माया परियारलाई आस्चर्य बनाई दिएका छन् ।
उनले सामाजिक संजालमा यस्तो लेखेका छन्, मेरो विहेपछि लेखिने थर (सरनेम) मा ‘परियार थापा’ थपें । यसरी म बैधानिक रुपमा ‘प्रदीप थापाबाट ‘प्रदीप परियार थापा बनें । श्रीमती बिष्णु माया परियारले थापा परियारु बनाएको उल्लेख गरेका छन् ।
यसरी आफूले आफ्नो पैतृक थर थापाको पछाडि परियारु थर थप्न पर्ने कारण नारीहरुले मात्र पुरुषको थर गोत्र किन लिनु पर्ने ? पुरुषले पनि नारीहरुको थर गोत्र लिएर जिउँदा किन नहुने भन्दै ईतिहास रच्दै सबैलाई एउटा पाठ सिकाएका छन् ।
उनले अगाडि लेखेका छन्, हाम्रो समाजमा बिद्यमान जातीय विभेद, भेदभावको अन्त्यको लागि एउटा शुरुवात गर्ने, त्यो पनि नितान्त निजी जीवन कर्मबाट भन्दै सहि कुरा गरेकोमा गर्ब गरेका छन् । आफुले तथाकथित दलित, अछुत, तल्लो जात भनिने ुपरियारु थर लिएं भने के म पनि कथित दलित, अछुत, तल्लो जात हुन्छु कि हुन्न भनि उनले खुला सवाल राखेका छन् ।
म ‘परियारु हुनेछ या थापा हुनेछ तर समाजले थोपरेको कथित दलित, अछुत, तल्लो जात अहँ, कदापि हुदैन । तर हाम्रो समाजमा अझै जातीय भेदभाव र छुवाछुत बिद्यामान छ ,परियार थापा मगर भन्छन । जुन अन्त्य हुनु जरुरी छ भन्दै यसमा अडिक रहने बताएका छन् ।
आधुनिक मानव सभ्यताको कलंकको रुपमा रहेको यो जातीय विभेदको अन्त गर्न कुनै कसर बाँकी नराखौं भनि सबैमा चेतना जागृत गर्न उनि चाहन्छन । उनी भन्छन, हाम्रै जीवन कालमा जातीय विभेद, भेदभावको अन्त्य गर्ने अभियानमा लागि पर्ने प्रण गर्न चाहन्छु ।















प्रतिक्रिया