२४ कार्तिक २०८३, मंगलबार

काठमाडौं आइपुग्यो नेपाली फुटबल टोली, विमानस्थलमा भव्य स्वागत (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football-ktm-2

काठमाडौं, ५ फागुन । बाह्रौ दक्षिण एसियाली खेलकुद (साग) फुटबल बिजेता नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ ।

भद्रपुर विमानस्थल हुँदै फुटबल टोली पौने ५ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो । भारतलाई उसकै मैदानमा हराउँदै २३ वर्षपछि फुटबलमा उपाधि जितेर घर फर्किएको टोलीलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

विमानस्थलका कर्मचारी जहाजमै गरेर खेलाडीहरुको स्वागत गरेका छन् । खेलाडीसँग माया साटासाट गर्न हजारौं फ्यान विमानस्थल पुगेका छन् ।

नेपाली सेनाको व्याण्डबाजासहित उसकै गाडीमा राखेर उनीहरुलाई नगर परिक्रमा गराइँदैछ ।

football

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विमानस्थलबाट सुरु हुने विजय जुलुस तिलगंगा चोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक आइपुग्ने छ ।

पुतलीसडकबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमलहुँदै केशरमहल र त्यहाँबाट नारायणहिटी संग्रहालय हुँदै पुरानो बसपार्क आइपुगेर सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर समापन हुनेछ ।

Football-ktmFootball-ktm-1 football-jhapaNepali-football-team-welcome-7Football-team-jhapa