काठमाडौं, ५ फागुन । व्यवस्थापिका संसदको प्रथम अधिवेशन आजदेखि अन्त्य भएको छ ।
संसदको अर्को बैठक चैतको दोस्रो साता आह्वान गर्ने दलहरूबीच सहमति भएअनुसार संसदको बैठक आजदेखि अन्त्य गरिएको हो ।
संविधान जारी भएपछि आह्वान गरिएको प्रथम अधिवेशनले संविधान संशोधन गर्नुका साथै विभिन्न विधेयकहरू पारित गरेको थियो ।
यसैबीच, निर्धारित समयभन्दा निक्कै ढिला गरेर सुरू भएको संसदको बैठकलाई मधेसी मोर्चाले बहिष्कार गरेको छ । बैठक बिहान ११ बजे बोलाइएको थियो । तर दलका नेता व्यस्त भएपछि ३ बजे सुरू भएको थियो ।
बैठक सुरू हुनेवित्तिकै सद्भावना पार्टीका सांसद नरसिंह चौधरीले मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए । चौधरीले आफूहरूको आन्दोलन र मागलाई सुनुवाइ गर्न सरकार तयार नरहेको आरोप लगाए । उनले आफूहरूको अधिकारको आन्दोलन जारी रहेकाले आजको संसद बैठक पनि बहिष्कारको घोषणा गरे ।
प्रथम अधिवेशनका बेला संसदको बैठक ४४ पटक बैठक बसेको थियो । यस क्रममा संविधान संशोधनसम्बन्धी दुई विधेयक पारित गरेको सभामुख ओनसरी घर्तीले जानकारी दिइन् । उनले
संसद बैठक असोज १५ गतेदेखि सुरू भएको हो । ४१ दिनमा ४४ वटा बैठकहरू बसेका थिए । यस क्रममा बैठकले सभामुख र उपसभामुखको निर्वाचनको निर्वाचन गरिएको थियो ।
संसद बैठक अन्त्य गर्नुअघि सभामुख घर्तीले सदन अन्त्य गरिएको सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।












प्रतिक्रिया