
काठमाडौं, ५ फागुन । सरकारमा रहेका दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक संसद भवनमा जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अगाडि मधेसी मोर्चाको माग सम्बोधनका लागि राजनीतिक संयन्त्र निर्माण र क्षेत्राधिकारबारे छलफल गर्न बैठक बसेको परराष्ट्रमन्त्री कमल थापाले बताए ।
उनका अनुसार भारत भ्रमण अगाडि नै संयन्त्र निर्माण गर्ने तयारी भइरहेको त्यसका लागि आज दिउँसो ३ बजेपछि मोर्चासँग अलग्गै बैठक बस्दैछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाओवादी अध्यक्ष प्रचण्ड, परराष्ट्रमन्त्री कमल थापा लगायत सत्ताधारी दलका नेताहरु छलफलमा छन् ।












प्रतिक्रिया