१५ कार्तिक २०८३, आइतबार

गोलबजारमा भरुवा बन्दुकसहित दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gun

लहान, ५ फागुन । सिरहा प्रहरीले गए राति गोलबजार नगरपालिकाबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–३ स्थित जङ्गबहादुर भुजेलको खेतबारीबाट भरुवा बन्दुक र सोही हतियारमा प्रयोग गरिने बारुद एक केजीसहित पक्राउ गरेको हो ।

प्रहरीले भरुवा बन्दुक र बारुद सहित गोलबजार नगरपालिका–३ निवासी २२ वर्षीय राजकुमार भुजेल र सोही स्थानका २६ वर्षीय मोती सदालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । रासस