काठमाडौं, ५ फागुन । नेपाल विद्यार्थी संघका अध्यक्ष तथा सांसद रञ्जित कर्ण आफ्नो गृह जिल्लाबाट अत्याधिक मत पाएर कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
नेपाली कांग्रेस सप्तरी जिल्ला क्षेत्र न. २ को अधिवेशनका क्रममा कर्णले अत्यधिक मत पाएका हुन् । उनलाई पराजित गर्न वरिष्ठ नेता शेरबहादुर देउवा निकटका केही नेताहरू लागेको स्रोतले जनाएको छ । अबरोध हुँदाहुँदै पनि कर्णले राम्रो मत पाएका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका नेविसंघ अध्यक्ष कर्णलाई आफ्नो गृह जिल्लामा राम्रो सहयोग मिलेको कांग्रेसले जनाएको छ ।
अध्यक्ष कर्ण पूर्व राष्ट्रपति डा.रामवरण यादवका निकटका नेता मानिन्छन् । डा. यादवकै कारण कर्णले कांग्रेसमा अबसर पाउने गरेको आरोप पनि छ ।
सप्तरीमा सोमबारदेखि निर्वाचन सुरु भएको थियो । निर्वाचनको मत परिणाम आज आएको हो ।












प्रतिक्रिया