काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेकपा (एमाले)ले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाएको छ ।
दिउँसो दुई बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा छलफल केन्द्रित हुने बुझिएको छ । बैठकमा मधेसी मोर्चाको आन्दोलन र मधेसका माग सम्बोधन गर्ने विषयमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा निस्कनु अघि एमालेमा सो विषयमा छलफल गर्न लागेका हुन् ।
बैठकमा पार्टी संगठनका साथै राजधानीमा जारी अखिलको महाधिवेशनका विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।












प्रतिक्रिया