२४ कार्तिक २०८३, मंगलबार

राजनीतिक संयन्त्रको बैठक बस्ने तयारी, अर्को संयन्त्रको प्रस्ताव हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-pmकाठमाडौं, ५ फागुन । सरकार सञ्चालनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने तयारी भएको छ ।

उपप्रधान एवम् रक्षामन्त्री भीम रावलका अनुसार आज बस्ने भनिको संयन्त्रको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, मुलुकको पछिल्लो राजनीतिक अवस्था र सीमाङ्कनको विवाद मिलाउन गठन गर्ने भनिएको उच्चस्तरीय राजनीतिक समितिका विषयमा छलफल हुनेछ ।

खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले पनि आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको तयारी भएको बताए । बैठक कति बेला बस्ने सो विषयमा आफूलाई खबर नआएको उनले बताए ।

संयन्त्रको बैठक बस्ने भनिए पनि समय र स्थानका विषयमा केही बताइएको छैन । बैठक बस्नुअघि दोस्रो तहका नेताहरूले सीमाङ्कन मिलाउनका लागि बनाउने भनिएको संयन्त्रका विषयमा परामर्श गर्ने बुझिएको छ ।

प्रधानमन्त्री केपी ओलीले आफू भारत भ्रमणमा जानुअघि सीमाङ्कनको विवाद मिलाउन गठन गर्ने भनिएको उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

उता, मधेसी मोर्चाले संयन्त्र गठनका विषयमा आफूहरूलाई कुनै जानकारी नरहेको जनाएको छ ।

आफूहरूसँग सल्लाह नगरी बनाइने संयन्त्रको कुनै औचित्य नहुनेभन्दै तराई मधेस सद्भावना पार्टीका वष्ठि नेता तथा मधेसी मोर्चाका नेता रामनरेश राय यादवले सबैको सहमतिबाट संयन्त्र बनाउन सुझाव दिए ।