२४ कार्तिक २०८३, मंगलबार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साँझ भेटवार्ता, के-के भयो छलफल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidya-Bhandari-Kp-Oliकाठमाडौँ, ४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

आज साँझ शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगी प्रधानमन्त्री ओलीले आफ्नो आसन्न भारत भ्रमण र समसामयिक विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी गराउनुभयो ।

उहाँहरुबीच प्रधानमन्त्री ओलीले यही फागुन ७ गतेदेखि गर्न लाग्नुभएको छिमेकी मित्र राष्ट्र भारतको भ्रमण र अन्य समसामयिक विषयमा कुराकानी भएको स्वकीय सचिव अधिकारीले बताउनुभयो । रासस