१५ कार्तिक २०८३, आइतबार

घुस लिँदै गर्दा नापी सर्वेक्षक घरबाटै पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaबुटवल, ४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आज भैरहवाबाट घुस लिँदै गर्दा एक कर्मचारीलाई रङ्गेहात पक्राउ गरेको छ ।

जिल्ला नापी कार्यालय भैरहवामा कार्यरत सर्वेक्षक नारायणप्रसाद चौधरीलाई अख्तियारको टोलीले सिद्धार्थनगर नगरपालिका–६ स्थित उनकै डेराबाट घुस लिएको रकम रु ४० हजारसहित नियन्त्रणमा लिएको अख्तियार सम्पर्क कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।

निजले रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–६ को (क) कित्ता नं ६१९ को जग्गा हाल साविक गर्न उक्त रकम घुसबापत लिएको र सुराकीका आधारमा पक्राउ गरिएको प्रमुख जोशीले जानकारी दिनुभयो ।

घटनाका बारेमा अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । रासस