
काठमाडौं, ४ फागुन । सभापति सुशील कोइरालाको निधनपछि काठमाडौंमा थप एक स्थानीय कांग्रेस नेताको निधन भएको छ ।
साँखुबाट काठमाडौं आउँदै गरेको बा३ख ५६६७ नंको बसको ठक्करबाट आज बिहान सिन्धुपाल्चोक मेलम्ची–६का गणेश सापकोटाको मृत्यु भएको हो ।
नेपाल तरुण दल मेलम्चीका नगर सभापति रहनुभएका सापकोटाको काठमाडौंबाट साँखु जाँदै गरेको बा७०प ४४५२ नंको मोटरसाइकललाई नयाँ पाटीमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
महानगरीय प्रहरी प्रभाग कार्यालय बौद्धका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार गोकुल सापकोटाको काठमाडौँ बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल मृतक सापकोटाले चलाउनुभएको थियो । रासस












प्रतिक्रिया