२४ कार्तिक २०८३, मंगलबार

किन हुन सकेन अखिलको चुनाव ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabina-Lama-Deepak-Gautam

काठमाडौँ, ४ फागुन । राजधानीमा एक हप्तादेखि जारी एमाले भातृ संगठन अखिलको निर्वाचन गाइजात्राझैँ भएको छ । पार्टीमा झैँ चरम गुटबन्दी अखिलमा पनि देखिएको छ । अखिलको मतपरिणामले पार्टीको आगामी महाधिवेशनमा पनि प्रभाव पार्न सक्ने भन्दै पार्टीको संस्थापन र माधव नेपाल पक्षले यसलाई प्रतिष्ठाको विषय बनाएको छ । जसको प्रत्यक्ष प्रभाव अखिलको जारी महाधिवेशनमा देखिएको छ ।

संस्थापन (नवीना लामा) पक्षले माधव नेपाल पक्षका उम्मेदवार दीपक गौतमको टिम हार्ने डरका कारण अनेक बहाना बनाउँदै भागेको आरोप लगाउँदै आएको छ भने दीपक गौतम समूहले संस्थापन पक्षले षडयन्त्र गर्न खोजेको आरोप लगाउँदै आएको छ । महाधिवेशन दुई गुटमा चिरा परे पनि माधव नेपाल समूहमै रहेर पनि तटस्थ भूमिका निर्वाह गर्दै आएका नेकपा एमालेका केन्द्रीय सचिव एवं चर्चित युवा नेता गोकर्ण विष्ट महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन लागिरहेका छन् । महाधिवेशनको अध्यक्ष मण्डलमा एमाले सचिव विष्टसहित विद्यार्थी फाँट इन्चार्ज एवं पूर्वअध्यक्ष रविन्द्र अधिकारी, पूर्वअध्यक्ष खिमलाल भट्टराई, केशव पाण्डे, श्रीप्रसाद साह, राजेन्द्र राई, ठाकुर गैरे, रचना खड्का, किशोरविक्रम मल्ल गरी नौ जना छन् । अध्यक्ष मण्डलको प्रयत्नपछि दुबै पक्षले मंगलबार साँझ मनोनयन गर्दा गरेका छन् । मंगलबार राति नै अन्तिम नामाबली प्रकाशन भएपछि बुधबार बिहानबाट मतदान कार्य सुरु हुने अखिलका उपाध्यक्ष एवं महासचिवका उम्मेदवार ऐन महरले दैनिक नेपाललाई जानकारी दिए ।

को को छन् उम्मेदवार ?

नवीना लामा समूहमा उपाध्यक्ष रश्मि आचार्य, महेश बर्तौला, शैलेश लामा, सुनिता बराल रहेका छन् । यसैगरी, महासचिवमा ऐन महर, सचिवमा समिक बडाल, आरसी लामिछाने, बसन्त ढकाल, मकर खड्का रहेका छन् । यसैगरी, सचिवमै समावेशीतर्फ कमला बोहोरा (महिला), दुर्गानन्द ठाकुर मधेशी, अमृत बुढा (जनजाति) र कोषाध्यक्ष पदमा झपिन्द्र खत्री मैदानमा छन् । यसैगरी, निर्वाचन आयोगको अध्यक्षमा तुलसी मैनाली, अनुशासन आयोगमा निशा अधिकारी र लेखा आयोगमा धमेन्द्र रोकाया रहेका छन् ।

यसैगरी, दीपक गौतमको टिममा उपाध्यक्षहरु राधिका खतिवडा, निलकण्ठ आचार्य, सरोज यादव, जीवन राई रहेका छन् । महासचिवमा अब्दुल हुसेर खाँ, सचिवहरुमा भक्तकुमारी लामा, सुबेस पराजुली, भीम रावल, अशेष घिमिरे रहेका छन् । यसैगरी, समावेशी सचिवमा आरती लामा (महिला), ओसिम आलम (मधेशी), गौतम राई (जनजाति) र कोषाध्यक्ष कमल शाही रहेका छन् । यस्तै, अनुशासन आयोगमा गिरेन राई, निर्वाचन आयोगमा प्रेम बिके, लेखा आयोगको अध्यक्षमा शिवजी गुप्ता उम्मेदवार रहेका छन् ।

माघ २८ गतेबाट राजधानीमा सुरु भएको महाधिवेशनको १ गतेभित्र मतदान सम्पन्न गर्ने लक्ष्य थियो । तर, चरम गुटबन्दीका कारण ढिलाई हुँदै आएको छ । २९ गतेदेखि २ गतेसम्म प्रतिनिधि विवाद नै टुंगिन सकेको थिएन । सोमबारबाट प्रतिनिधि विवाद टुंगिए पनि अनेक बखेडा झिकिएका कारण निर्वाचन प्रक्रिया रोकिएको थियो ।

१५ सय प्रतिनिधि, ७ सय उम्मेदवार

अझ रोचक पक्ष त के छ भने अखिलको जारी महाधिवेशनमा १५ सय उम्मेदवार छन् । त्यसमध्ये करिब ७ सय त उम्मेदवार नै रहेका छन् । १ सय ४१ केन्द्रीय कमिटी, १ सय ४१ नै राष्ट्रिय परिषद सदस्य र ३ तीन वटा आयोगको १५–१५ जना गरी ४५ जना गरी एउटा टिमबाट ३२७ जना उम्मेदवार छन् । दुबै टिमबाट ६ सय ५४ जना उम्मेदवार भएका कारण उम्मेदवारी टुंगो लगाउन अप्ठेरो परेको नेताहरुको भनाइ छ ।