१५ कार्तिक २०८३, आइतबार

धुर्मुस-सुन्तली सरसफाइ अभियानमा बैतडीका विद्यालयको साथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhu

बैतडी, ४ फागुन । चर्चित कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे सुन्तलीले चलाएको सरसफाई अभियानमा बैतडीका विद्यालयहरुले पनि साथ दिएका छन् ।

बैतडीको पुर्चौडीमा रहेको एकमात्र पुर्चौडी बहुमुखी क्याम्पस र मालिका मावि भटनाले धुर्मुस सुन्तली सरसफाइ अभियानमा ऐक्यबद्धता जनाएका हुन् ।

धुर्मुस सुन्तली सरसफाई अभियान अन्तर्गत सहयोगी संस्थाहरु थपिने क्रममा सुदूरपश्चिमबाट बैतडीका दुई शैक्षिक संस्थाले अभियानमा ऐक्यबद्धता जनाए ।

यो सरसफाई अभियानमा पूर्ण रुपमा ऐक्यबद्धता जनाएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष जनक धानुकले बताउनुभयो । बाताबरणको स्वच्छ पार्ने अभियानमा आफूहरुको साथ सहयोग रहेको मालिका माबि भटनाका प्रधानाध्यापक नयन सिंह बोहराले बताउनुभयो ।