
काठमाडौँ, ४ फागुन । नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक माधव प्रसाद जोशीलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तोकेको छ ।
नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेष्ण गर्नका लागि प्रहरी प्रवक्ता तोकिने प्रहरी प्रधान कार्यालयको नीतिअनुरुप प्रहरी नायव महानिरीक्षक जोशीलाई प्रवक्ता तोकिएको हो ।
यसअघि प्रहरी नायव महानिरीक्षक कमल सिंह बम प्रवक्ता रहनुभएकोमा उहाँ अन्यत्र सरुवा हुनुभएको छ । प्रवक्ता जोशीलाई मोवाइल नम्वर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जानकारी गराइन्छ ।
मंगलबारदेखि प्रवक्ताको कार्यभार सम्हाल्नुभएका डीआईजी जोशी यसअघि पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको प्रमुख हुनुहुन्थ्यो ।












प्रतिक्रिया