१५ कार्तिक २०८३, आइतबार

काठमाडौंमा छोरी बनाएर स्कुलमै शारीरिक सम्पर्क राख्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ४ फागुन । काठमाडौंको पेप्सिकोलामा एक युवकले छोरीको साइनो लगाएर बालिकासँग जबरजस्ती शारीरिक सम्पर्क राखेका छन् ।

पाँच वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले मंगलबार २५ वर्षीय विमल थापामगरलाई पक्राउ गरेको हो । मगरले ओखलढुंगा घर भई पेप्सीकोलामा बस्ने एक परिवारकी पाँच वर्षकी बालिकासँग स्कुलमै शारीरिक सम्पर्क राखेको महानगरीय प्रहरी वृत्त तीनकुनले जनाएको छ ।

पीडित बालिकाका बाबुआमाले पेप्सीकोला टाउनप्लानिङमा रहेको एक स्कुलमा क्याटिन चलाउँदै आएका छन् । अभियुक्त मगर उक्त क्यान्टिनमा नियमित रुपमा खाना खाँदै आएका थिए ।

पीडित बालिकाकी आमाले आफ्नी छोरीको विद्यालयको कम्पाउन्डभित्रै बलात्कार भएको बताइन् । उनले भनिन्- ‘सँधै खाना खान आउँथ्यो र मेरा छोराछोरीलाई आफ्नै जसरी माया गथ्र्यो, छोरीको साइनो लगाएको थियो । अन्तिममा दानव निक्लियो ।’ उनका अनुसार मगरले छोरीलाई राति ८ बजे ब्लू फिल्म देखाएर उत्तेजित पारी बलात्कार गरेका थिए ।

घटनापछि अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने वृत्तका डिएसपी नारायणप्रसाद चिमोरियाले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।