२४ कार्तिक २०८३, मंगलबार

आफ्नै मैदानमा नेपालसँग हारेपछि भारतमा रुवाबासी, १२ घण्टापछि आयो हारेको समाचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Football

काठमाडौं, ४ फागुन । घरेलु मैदानमा नेपालसँग हारेपछि भारतमा हंगामा मच्चिएको छ । भारतीय फुटबल फ्यानहरु निराश भएका छन् ।

भारतको केन्द्र सरकारले फुटबलमा कोचदेखि खेलाडीसम्म परिवर्तन गर्ने तयारी गरेको समाचार समेत सार्वजनिक भएको छ ।

दक्षिण एसियाली खेलकुद (साग) फुटबल अन्तर्गत सोमबार राति भएको फाइनल खेलमा नेपालले भारतलाई २–१ गोलले पराजित गरेको थियो । फुटबललाई सागको सबैभन्दा महत्वपूर्ण खेल मानिन्छ ।

घरेलु मैदानमा छिमेकी देश नेपालको हातबाट पराजित भएपछि लज्जित भएका भारतीय सञ्चारमाध्यमले समेत हारेको १० देखि १२ घण्टापछि समाचार प्रकाशित गरेका छन् ।

हारेपनि जितेपनि मिडियाले चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्नुपर्ने भएपछि भारका मिडियाले मंगलबार विहान मात्रै समाचार प्रकाशन गरेका छन् । उसो त भारतीय मिडियाले नेपालबारे गलत समाचार छाप्ने गरेका नै थिए । जसका कारण राम्रो अर्थात जितेको समाचार कसरी लेख्न सक्थे । धेरै मिडियाले त अहिलेसम्म पनि नेपालले जितेको समाचार छापेका छैनन् ।

उसकै घरेलु मैदानमा भारतलाई हराएर उपाधि जितेको नेपालले नाकाबन्दीको समेत बदला लिएको नेपाली फ्यानहरु बताउँछन् ।

यता भारतलाई उसकै घरेलु मैदानमा हराएको भन्दै पाकिस्तानी मिडियाले भने पुरै प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । यसअघि पाकिस्तानले फाइनलमा भारतलाई हराएको थियो ।

हेर्नुस् भारतीय मिडियाको समाचारः

Indian-news-2Indian-news Indian-news-1