
काठमाडौं, ४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘विशेष अपरेशन’ सुरु गरेको छ ।
जसअन्तर्गत अब वित्तिय संस्थाहरुलाई निगरानीमा राखेको छ । केही निजी बैंकले गरेको अनिमियता र कारोबारमाथि छानविन थालेको छ ।
आयोगले केही बैंकका अध्यक्ष र सिईओको अनिमियता र उनीहरुले अस्वभाविक सम्पत्ति आर्जन गरेको भन्दै नियामक निकायमार्फत छानबिन अगाडि बढाएको हो । निजी बैंक भएकाले राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरणमार्फत बैकको अनियमयितता र कारोबार नियालिरहेको अख्तियारले जनाएको छ ।
बैंकका अध्यक्ष, सीईओका सम्पत्ति तथा सेवा सुबिधा र ऋण प्रवाह गर्दा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले बैकमाथि अनुसन्धान थालेको हो । नयाँ पत्रिकामा समाचार छ ।















प्रतिक्रिया