१५ कार्तिक २०८३, आइतबार

लागुपदार्थको दुर्व्यसन गर्ने तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahotari-Gausala

बर्दिवास, ४ फागुन । लागुपदार्थको दुर्व्यसन बढिरहेको जनगुनासो आइरहेकै बेला महोत्तरी जिल्लाको बर्दिवासमा प्रहरीले तीनजना दुर्व्यसनीलाई पक्राउ गरेको छ ।

बर्दिवास–२ हटियास्थित पशुसेवा केन्द्रको पुरानो भवनबाट सोमबार तीनजना दुर्व्यसनीलाई हरियो पत्ता गाँजा र चरेससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बर्दिवासले जनाएको हो ।

खासगरी घाम डुब्ने बेलाको गोधुली साँझपख हटियास्थित पशुसेवा केन्द्र र राष्ट्रिय प्राथमिक विद्यालयमा दुर्व्यसनीहरुको जमघट बढेको सो बस्तीका सर्वसाधारणबाट गुनासो बढेपछि सोमबार साँझ गरिएको छापामारीमा तीनजना दुर्व्यसनी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरु बर्दिवास–२ का बासिन्दा राजु गुर्मछाने, हेमबहादुर घिसिङ र तेजबहादुर बलम्पाकी रहेका इप्रका बर्दिवासका प्रहरी निरीक्षक जीवन गिरीले बताउनुभयो । पक्राउ पर्ने तीनैजना क्रमशः २०, २१ र २२ वर्ष उमेरका रहेका प्रहरीले जनाएको छ । उनीहरुका साथबाट एक किलो हरियो पत्ती गाँजा र केही मात्रामा तयार चरेस बरामद गरिएको छ ।

बर्दिवास नगर क्षेत्रका कामेश्वर महादेव परिसर, बुद्धचोक, हटियास्थित पशुसेवा केन्द्र र प्राथमिक विद्यालय परिसरमा दैनिकजसो नै दुर्व्यसनीको जमघट हुने गरेको नगरवासी बताउँछन् । रासस