काठमाडौं, ४ फागुन । राप्रपाका केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री गिरिबहादुर के.सी.को निधन भएको छ ।
ब्रेनह्यामरेजका कारण बिरामी परेका नेता के.सी.को आज बिहान काठमाडौंको बाँसबारीस्थित न्यूरो अपस्पतालमा निधन भएको राप्रपाका युवा नेता ध्रुब रायमाझीले जानकारी दिए ।
‘राप्रपाका केन्द्रीय सदस्य गिरिबहादुर के.सी. ज्यू दुई दिनअघिदेखि गम्भीर बिरामी पर्नुभएको थियो’, रायमाझीले भने, ‘भोलि बुधबार बिहान ११ देख ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चाबहिलमा अन्तिम श्रद्धाञ्जलिको कार्यक्रम राखिएको छ ।’
प्यूठान जिल्ला पुर्खौली घर भएका राप्रपाका नेता केसी काठमाडौंको बालुवाटारमा बसेबास गर्दै आउनु भएको थियो । नेता केसीको बिहान ७ बजेर २० मिनटको समयमा भएको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालि सक्नुभएका केसीको निधनले पार्टीलाई गम्भीर क्षति पुगेको सो पार्टीका सहप्रवक्ता किरण गिरीले बताउनुभएको छ ।
उहाँले नेता केसीको निधनले सिङ्गो पार्टी पंक्ति मर्माहत र दुःखी भएको जनाएका छन् ।












प्रतिक्रिया