२९ आश्विन २०८३, बिहिबार

फुटबलको जितमा अष्ट्रेलियाबाट बर्सिएको एक नेपालीको खुसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabraj Gautam– नवराज गौतम

मृत्त प्रायः भैसकेको नेपाली फुटबल क्षेत्र एकपटकफेरि ब्युंतिएको छ। सीमित श्रोत साधनको बाबजुत पनि दक्षिण एसियाको मजबुत टोली भारतलाई फाइनल खेलमा जितहात पार्नु त्यति चानचुन अबस्य थिएन तर त्यो सम्भब भएको छ।

खेलकुद क्षेत्रबाट लामो समयदेखि निराश नेपाली जनताको खुशियाली आज नेपाल लगायत बिश्वभरि छरिएर रहेका नेपालीहरुले एक आपसमा साटासाट गरिरहेका छन् । यो जितले खेलक्षेत्रमा मात्र होइन राजनीतिक एवम् कुटनीतिक क्षेत्रमा पनि एउटा बिशिष्ट महत्व राखेको छ ।

पछिल्लो समयमा भारतद्वारा लगाइएको अघोषित नाकाबन्दीको धारिलो जवाफ यो जितले दिएको अनुभुति आमनेपाली जनताले गरिरहेका छन् ।
राजनीतिक खिचातानी र संविधान निर्माणमा सम्पूर्ण घोषित एवम् अघोषित शक्ति राज्यले खर्च गरिरहेको समयमा सन् २००८ भन्दा अगाडि फिफा बरिएतामा दक्षिण एसियामै अग्र स्थानमा रहेको नेपाल कसरी एकाएक पछाडि पर्यो भन्ने कुरोलाइ नेपाली जनताले खेलाडीलाइ राज्यले लगानी नगरेको आरोप लगाइ रहे । हामीले राज्यले खेलाडीलाई केही गरेन भनेर आरोप मात्र लगाइ रह्यौ बाँकी कुराहरुलाइ बिर्सदै गयौ र नेपालमा बढ्दो क्रिकेटको लोकप्रियतातिर ढल्कदै गयौ ।

खेलकुद प्रेमी नेपाली त्यतिबला छाँगाबाट खसेझै भए जतिबेला काठमान्डौ प्रहरी प्रमुख शर्बेन्द्र खनालले नेपाली फुटबल खेलका ५ हस्तीलाई खेल मिलेमतोको आरोपमा पक्राउ गरे । नेपाली फुटबल ईतिहाँसमा कालो दिनको रुपमा हेरिएको उक्त धटना आज आएर प्रमाणित सिद्द भएको छ ।

खेल मिलेमतोको आरोप लागेका खेलाडी नरहेको नबघोषित राष्ट्रिय टिमले १ महिना अगाडि मात्र बंगलादेशमा आयोजित प्रतिष्ठित बंगबन्धु गोल्डकप आफ्नो पोल्टामा पार्न सफल भयो भने २३ वर्षपछि आज आएर दक्षिण एसियाकै फुटबल महारथी भारतको स्वर्णपदकको सपना तुहाइदिन सफल भएको छ ।

नेपाल र नेपालीलाइ खुसि हुन ठूलो कुरो चाहिदैन् । यो जितले हामीलार्इ थप हौसला अबस्यपनि बढाएको छ । ूहामी पनि गर्न सक्छौ, उस्ले सक्छ भने हामी किन सक्दैनौू भन्ने मुल मन्त्रलार्इ आत्मसाथ गर्दै जाने हो भने बास्तबमा असम्भब केही छैन् ।

देशको राजनीतिक अस्तब्यस्थताका बीच बल्लबल्ल देशले नयाँ संविधान पाएको छ । जनताले नयाँ संविधान पाएकै दिनबाट छिमेकी राष्ट्रको उक्साहटमा देशभित्रका केही शक्तिहरु संविधानमा अधिकार नपाएका कुरा गरिरहेका छन् । ५ महिने नाकाबन्दीले मुलुक अस्त ब्यस्त मात्र बनाएन त्यसले धेरै सकारात्मक पाठ पनि पढाएको छ ।

जे हुन्छ राम्रोको लागि हुन्छ । आज बास्तबमै खुसीको सीमा नै छैन् ५ महिना नेपल ठप्प बनाउनेहरुलाइ खेलाडीहरुले कडा जबाफ दिएकै हुन् । खेलकुदले पनि अन्तर्राष्ट्रिय कुटनीतिक एवम् राजनीतिक संबन्धलाइ प्रभाब पार्ने गर्छ । १९९८ बिश्वकप फुटबलको एउटा खेलमा इरानले अमेरिकालार्इ हराउँदा इरानले सार्बजनिक बिदाको घोषणा गरेको थियो ।

त्यसैले पनि खेलकुदले कुनैपनि राष्ट्रको समृद्दिको लागि अहम भूमिका खेलेको हुन्छ ।

तरल राजनीतिक अबस्थामा बिकाश निर्माण प्रायः ठप्प छन् । आर्थिक क्षेत्र धरासायी छ । आर्थिक बृद्दिदर लाजमर्दो अबस्थामा घिस्रिरहेको छ । हामीसंग के छैन ? सबै कुरा छ तर पनि कोही नभएको जस्तो भइरहेका छौँ ।

प्रकृतिले हामीलार्इ सबै कुरा दिएको छ मात्र हामीले देशलार्इ सहि मार्ग निर्देशन गर्ने नेतृत्व पाउन सकेनौ ।

पछिल्लो समयमा फुटबलले दिलाएको खुसिले नेतृत्व बर्गलाइ देशलार्इ आर्थिक समृद्दिको दिशामा अगाडि बढाउन झक्झकाओस भन्ने आशा गरौ साथै पछिल्लो समयमा केहि खलबलिएको अनुभूति भइरहेको सामाजिक सद्भाब पनि सुदृढ हुँदै जाओस । जय होस । (नेपालले सोमबार राति भारतलाई फुटबलमा जितेपछि अष्ट्रेलिया बाट नवराज गौतमले लेखेको खुसी)