७ कार्तिक २०८३, शनिबार

कांग्रेस नेतालाई खाना खुवाउन टेन्डर आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

voj khana photoकाठमाडौं, ४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न गर्न पाँच करोड खर्च अनुमान गरिएको छ ।

अर्थ संकलन समितिको सोमबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले खर्च विवरण प्रक्षेपण गर्दै गाउँदेखि केन्द्रीय महाधिवेशन सम्पन्न गर्न पाँच करोड लाग्ने अनुमान गरेको हो ।

तीन करोड रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउने तयारी गरेको समितिले बाँकी दुई करोड शुभेच्छुक, शुभचिन्तकका साथै उद्योग व्यावसायीबाट जुटाउने तयारी गरेको समाचार नागरिक दैनिकले छापेको छ ।
महाधिवेशनमा सवैभन्दा धेरै खाना र आवासमा गरी साढे दुई करोड खर्च हुने गरेको कांग्रेसले प्रतिछाक ३५ सयलाई खाना खुवाउने तयारी गरेको छ ।

प्रतिव्यक्ति प्रतिछाक पाँच सयका दरले खाना खुवाउने कांग्रेसले सार्वजनिक सूचनामार्फत टेन्डर आहृवान गरेको छ ।