७ कार्तिक २०८३, शनिबार

प्राविधिक विषय पढ्न विद्यार्थीलाई सरकारको नयाँ सर्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Student Sexy Girlsकाठमाडौं, ४ फागुन । एसएलसीमा अनिवार्य अंग्रेजी, गणित र विज्ञान बिषयमा ‘सी’ भन्दा तल्लो श्रेणीमा पर्ने विद्यार्थीले प्राविधिक बिषय अध्ययन गर्न नपाउने भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) को पाठ्यक्रम विकास समितिको सोमबार बसेको बैठकले अंग्रेजी, गणित र विज्ञानमा सी समूह अनिवार्य ल्याउनु पर्ने व्यवस्था गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ । ग्रेड सी ल्याउन ४० देखि ५० प्रतिशत हुनुपर्छ ।

‘सबै बिषयको अंग जोड्दा जुन समूहमा परेपनि हुन्छ,’सीटीइभीटीका सदस्य सचिव रामहरी लाछिानेले भने, ‘तर, तीन बिषयमा भने सी श्रेणी भन्दा कम हुनु हुँदैन ।’

स्वास्थ्य तर्फको बिषय अध्ययन गर्न औसत ‘सी’ ल्याउनु पर्ने प्रावधान तोकेको छ। त्यस्तै अंग्रेजी, गणित र विज्ञानमा पनि सी श्रेणीमा परेका विद्यार्थीलाई मात्रै सीटीइभीटीले लिने प्रवेश परीक्षामा सहभागि गराउने भएको छ । यस अनुसार नेपाली, सामाजिक, वातावरण तथा जनसंख्या शिक्षा लगायतको बिषयमा ‘डी’ श्रेणीमा भएपनि अग्रेजी, गणित र विज्ञानमा ‘सी’ श्रेणीमा हुनैपर्छ ।