२४ कार्तिक २०८३, मंगलबार

नेपाल आर्मीका फर्वार्ड नवयुग श्रेष्ठ बने सर्वाधिक गोलकर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabyouge-shresta

काठमाडौँ, ३ फागुन । आफ्नो घरेलु मैदानमा आयोजक भारतलाई पराजित गर्दै नेपालले बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा तेइस वर्षपछि स्वर्ण पदक जितेको छ ।

इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई २–१ ले पराजित गर्दै क्षेत्रीय खेलकुदको उपाधिमाथि कब्जा जमाएको हो ।

नेपालको जितमा प्रकाश बुढाथोकीले ६६ औँ तथा नवयुग श्रेष्ठले ७० औँ मिनेटमा गोल गरेका थिए । नेपालको जितमा नेपाल आर्मीका फर्वार्ड नवयुगको गोल निर्णायक बन्यो ।

नेपाली राष्ट्रिय टोलीले तीन साताअघि पनि ढाकामा सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधि जितेको थियो । उक्त उपाधि राष्ट्रिय टोलीले २३ वर्षपछि जितेको उपाधि थियो ।

नवयुगको ह्याट्रिक सहयोगमा नेपालले शनिबार दुई घन्टाको रोमाञ्चक प्रतिस्पर्धापछि माल्दिभ्सलाई ४–३ ले पन्छाउँदै १७ वर्षपछि सागको फाइनल यात्रा तय गरेको थियो ।

नेपाल तीन साताअघि फाइनलमा बहराइन यु–२३ लाई ३–० ले हराएर बङ्गबन्धु गोल्डकप च्याम्पियन भएको थियो । अहिलेका सबै खेलाडी त्यही टोलीका सदस्य हुन् ।

नवयुगको ह्याट्रिक सहयोगमा नेपालले बङ्गबन्धुको सेमिफाइनलमा माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो ।
नेपाल आर्मीका फर्वार्ड नवयुगले पछिल्ला पाँच खेलमा तीन ह्याट्रिक सहित १० गोल गरेका छन् ।

बङ्गबन्धु गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी चुनिएका नवयुगले १२ औँ सागको पहिलो खेलमा भुटानमाथि ५–० को जितमा पनि ह्याट्रिक गरेका थिए ।

संयोग नवयुगको हयाट्रिकमा नेपालले बङ्गबन्धुको सेमिफाइनलमा पनि माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो ।

सागको सेमिफाइनलमा पनि माल्दिभ्सविरुद्ध सनसनीपूर्ण विजय पाउँदा उनैले ह्याट्रिक गरेका थिए ।

आर्मीका फरवार्ड नवयुगले पछिल्ला छ खेलमा तीन ह्याट्रिक सहित ११ गोल गरिसकेका छन् भने सागमा मात्रै दुई ह्याट्रिक सहित सात गोल गरिसकेका छन् । यो तथ्यांकसँगै नवयुग श्रेष्ठ प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका छन् ।