काठमाडौं । नेपाली फिल्मका निर्माता तथा फिल्म मेकर सञ्जीव लामा कांग्रेस महाधिवेशनका क्रममा काभ्रे जिल्लाबाट महासमिति सदस्य निर्वाचित भएका छन् ।
हालै सम्पन्न कांग्रेसको महाविधेशनका क्रममा लामाले काभ्रे जिल्लाको क्षेत्र नम्बर २ बाट महासमिति सदस्यमा विजयी हासिल गरेका हुन् । लामा नेपाली फिल्म ‘ओम’, ‘जञ्जिर’लगायतका फिल्मका निर्माता हुन् । उनले थुप्रै फिल्म बनाएको अनुभव संगालेका छन् ।
नेपाली फिल्म मेकरका रुपमा चिनिएका लामाले काभ्रे जिल्लाबाट कांग्रेसको राजनीति गर्दै आएका छन् । ‘समाज सेवा गर्ने क्रममा फिल्मका साथै कांग्रेसको राजनीति गर्ने गरेको छु’, महासमिति सदस्यमा निर्वाचित भएपछि दैनिक नेपालसँग कुरागर्दै निर्माता लामाले भने, ‘नेपाली फिल्मको संरक्षणमा म मेरो ठाउँबाट सधैँ लाग्नेछु ।’
कांग्रेसको राजनीति गर्ने व्यक्ति कसरी फिल्मलाई सहयोग गर्न सक्नु हुन्छ ? भन्ने जिज्ञासामा निर्माता लामाले भने, ‘इच्छाशक्ति भयो भने जसरी पनि नेपाली फिल्ममा योगदान गर्न सकिन्छ ।’















प्रतिक्रिया