काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा दर्जनौं लोक दोहोरी गित गाईसकेर आफूलाई चर्चित बनाउन सफल गायक रमेश बिक्रम रत्नले छिट्टै नै दर्शक श्रोता माझ आफ्नो लोक पप गित सार्वजनिक गर्ने भएका छन् । मनले मन छुन्न र.., मलाई लाँदा काचो बासमाथि.., धरहराको शिर.. जस्ता थुप्रै चर्चित लोक दोहोरी गित गाईसकेका रमेशले लोक पप गित भने पहिलोपटक गाएका हुन् ।
जम्काभेट नामक एल्बममा समावेश“आकाश–आकाश हेर्दै हिड्छौं..” बोलको उक्त गितको छायङकन कार्य सम्पन्न भई अहिले सम्पादनको क्रममा रहेको उनले बताए ।उक्त लोक पप गितमा शब्द, संगित गायक स्वयमको छ भने प्रेम लामाको निर्देशन, हरि न्यौपानेको छायङ्कन तथा प्रदिप ज्ञवालीको नृत्य निर्देशन रहेको छ । त्यसैगरि गितको एरेन्जर भुवन विरही हुन् भने दृश्य सम्पादन सिलन लम्सालले गरेका छन् । गितमा नवकलाकार सुन्दर भुजेल र अनिता बर्तौलाको अभिनय रहेको छ । गितको भिडियो केहि दिनमै सार्वजनिक गरिने निर्देशक प्रेम लामाले बताएका छन् ।
ज्याम्रुककोट–७, म्याग्दीमा जन्मिएका रमेशले २०६३ सालदेखि औपचारिक रुपमा गायन यात्रा प्रारम्भ गरेका हुन् । पेशाले शसस्त्र प्रहरी बलमा कार्यरत उनी राष्ट्रसेवासंगै गायन यात्रामा समेत सक्रिय रुपमा लागिपरेका छन् । आफूलाई गायन यात्रामा अघि बढ्न घर–परिवार र सहकर्मी साथीभाईहरुले निकै अभिप्रेरित र सहयोग गरेको उनी बताउछन् ।















प्रतिक्रिया