२४ कार्तिक २०८३, मंगलबार

भारत भ्रमणमा जान तम्सिएका प्रधानमन्त्री ओलीको चीनबारे नयाँ धारणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli

काठमाडौं, ३ फागुन । आगामी फागुन ७ गते भारत भ्रमणमा तम्सिएका प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी चीनबारे नयाँ धारणा सार्वजनिक गरेका छन् ।

सोमबार राजधानीमा आयोजित इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीजको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमण सकेलगत्तै चीन भ्रमणमा जाने बताए ।

उनले एक महिनाभित्रै चीनको भ्रमण हुने बताए । ‘चीनसँग द्विपक्षीय सम्झौताहरु र व्यापार सम्बन्ध बढाउन भारत लगत्तै बेइजिङ जानेछु । नेपाललाई आत्मनिर्भर बनाउने क्रममा चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्नु आवश्यक छ,’ उनले भने ।

प्रधानमन्त्री ओली यही फागुन ७ गतेदेखि भारत भ्रमणमा जाँदैछन् । भ्रमणमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने ओलीले बताए । उनले भने- ‘देशमा जारी विसम परिस्थितिका कारण दुई देशबीच केही तिक्कता उत्पन्न भएको थियो । त्यसलाई सुधार गर्न भारत भ्रमणमा जान लागेको हो । यसले दुई छिमेकी देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास लिएका छौं ।’

उनले आन्दोलनका कारण गरिएको भारतका विभिन्न नाकाको अवरोध हटिसकेको स्मरण गराउँदै भारत भ्रमण फलदायी बनाउने बताए ।