
काठमाडौं, ३ फागुन । सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेल थप संकटमा परेका छन् । उनलाई कोइराला समूहकै नेताहरुले धोका दिएका छन् ।
रामचन्द्र धोका खाँदा वरिष्ठ नेता शेरबहादुर देउवालाई भने मालामाल भएको छ । नजिकिँदै गरेको महाधिवेशनमा देउवाको जित निश्चितजस्तै देखिएपछि देउवा मालामाल भएका हुन् ।
यसैक्रममा कोइराला परिवार सदस्य एवं संस्थापन पक्षका बलिया खम्बा देउवा प्यानलमा गएका छन् । कोइरालाको निधन भएकै दिन शशांक कोइरालाविरुद्ध अन्तर्घातको आरोप लगाएका कांग्रेस कार्यवहाक सभापति पौडेल पछिल्लो समयमा आफ्नै गुटको घेराबन्दीमा परेका छन् । सभापतिमा उम्मेदवारी दिने भन्दै देशभित्र र बाहिर चन्दा संकलन अभियानलाई तीव्रता दिएका पौडेलको उम्मेदवारी नै संकटमा परेको छ ।
ती महिनाअघि देखि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका पौडेललाई उनकै टीमका नेताहरुले नस्वीकार्ने संकेत गरेका छन् । सभापति सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका पौडेलको उम्मेदवारी स्वभाविक हुने र सो टीमको नेतृत्वको उनैले गर्ने अपेक्षा गरिएपनि यति बेला अवस्था ठिक उल्टो देखिएको छ । सभापति कोइरालाको निधनले कांग्रेस मात्र नभएर सिंगो देश नै शोकमा डुबेका बेला सो टीमभित्र भने कोइरालाको विराशतका रुपमा उभ्याउन खोजपवनि उनीविरुद्ध महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्ण सिटौला उभिएको समाचार साँघु साप्ताहिकले छापेको छ । यसैगरी गिरिजापुत्री सुजाता कोइराला पनि पौडेललाई नेता मान्न तयार नरहेको उनी निकट स्रोतले बताएको छ ।
वीपी गिरजिा हुँदै पछिल्लो समय सुशील निकट भएर काम गरेको भन्दै महामन्त्री सिटौलाले आफूलाई उनीहरुको विराशतको रुपमा प्रचार गर्न थालेका छन् । सिटौला आफै सभापतिको तयारीमा लागेको उनी निकट एक नेताले बताए । ती नेताका अनुसार सिटौलाले केही दिनमै सभापतिमा उम्मेदवारी घोषणा गर्ने तयारी थालेका छन् ।
उता देउवा पक्षबाट एक्लो उम्मेदवारको रुपमा देउवा आफै उभिएपछि उनी बोलियो उम्मेदवारको रुपमा चिनिएका छन् । संस्थापन पक्षमा विवाद भइरहँदा देउवा भने मौकामा चौका हान्दै संस्थापनका नेतालाई आफ्नो प्यानलमा तानिरहेका छन् ।















प्रतिक्रिया