२४ कार्तिक २०८३, मंगलबार

क्रिश्चियन धर्मको प्रचारक मन्त्री ढकाल र सांसदहरूलाई कारबाहीको माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Eknath Dhakalकाठमाडौं, ३ फागुन । क्रिश्चियन धर्म फैलाउने गतिविधि गर्दै आएका शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले दक्षिण कोरिया पुगेर आफूले नेपालमा क्रिश्चियन धर्म प्रचारमा पुगाएको योदनाको चर्चा सुनाएका छन् ।

दक्षिण कोरियाबाट क्रिश्चियन धर्मको प्रचारका लागि रकम ल्याउने संस्थाको कार्यक्रममा मन्त्री ढकालले आफूले नेपालले गरेको कामको बयान गरेका हुन् । उनले आफूसँग लगेका कांग्रेस, एमाले र साना वाम दलका सांसदहरूलाई पनि सो कार्यक्रममा सँगै राखेका थिए ।

आफ्नो पिस फाउन्डेसन नामक एनजिओमार्फत कांग्रेस, एमालेसहितका साना वाम दलका सांसदहरूलाई दक्षिण कोरिया लगेका शान्ति मन्त्री ढकालले क्रिश्चियन धर्मका सम्बन्धमा प्रवचन दिएको सँगै पुगेका एक सांसदले जानकारी दिए । ‘हामीलाई त क्रिश्चियनको धर्म प्रचारको कार्यक्रम होइन भनेर लगिएको थियो’, ती सांसदले भने, ‘तर शान्तिमन्त्री एकनाथ ढकाल त क्रिश्चियन धर्मका खाँटी प्रचारक रहेछन् ।’

Eknath Dhakalक्रिश्चियन धर्म प्रचारको अभियानमा साथ दिन संसद संसद् सचिवालयका सहसचिव रवि शर्मा अर्याल पनि कोरिया पुगेका छन् । अख्तियारको कारबाही फन्दामा परेर राजनीतिक दबावमा छुटेका सहसचिव अर्यालले आफ्नो गतिविधिलाई क्रिश्चियन धर्म प्रचारतिर बढाउँदै लगेका छन् ।

कोरिया जाने सांसदहरूमा कांग्रेसबाट पार्वता डिसी चौधरी, ओमदेवी मल्ल र खड्गबहादुर बस्याल, एमालेबाट श्रीमाया थकाली, हरिप्रसाद उप्रेती र कृष्णभक्त पोखरेल, संघीय समाजवादी फोरमकी छाया शर्मा पन्त, नेकपा (संयुक्त)का जयदेव जोशी, परिवार दलकी मिलनकुमार राजवंशी र नेकपा (माले)की कमला विश्वकर्मा छन् ।

क्रिश्चियन धर्मको प्रचार गर्न कोरिया पुगेका मन्त्री ढकाल, सांसदहरू र एक सहसचिवलाई कारबाही गर्न माग उठेको छ । आफ्नो पदीय मर्यादा विपरितका कार्य गर्ने उनीहरूलाई हदैसम्मको कारबाही गर्न विभिन्न दलका सांसदहरूले कुरा उठाएका छन् । ‘मन्त्री जस्तो व्यक्तिले आफ्नो पदीय मर्यादा भुल्नु हुँदैन’, दलका नेताहरूले भनेका छन्, ‘यस्तालाई कारबाही गरेर मन्त्रीको पद मुक्त गर्नुपर्छ ।’