२४ कार्तिक २०८३, मंगलबार

‘बोलाए पनि नयाँदिल्ली जाने रहर छैन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manish-Suman-Neta-Jiकाठमाडौं, ३ फागुन । विगत छ महिनादेखि आन्दोलनरत मधेसी मोर्चाले भारत भ्रमणका लागि जान लागेको प्रधानमन्त्री केपी ओलीको भ्रमण दलमा आफूहरूलाई कुनै पनि प्रस्ताव नआएको जनाएको छ ।

मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनीष सुमनले भारत भ्रमणका लागि आफूहरू सिधै जान सक्षम रहेको भन्दै प्रधानमन्त्री ओलीको टोलीमा सम्मिलित हुन कुनै लालयित नरहेको बताए ।

‘हामी आन्दोलनमा छौँ । हाम्रा माग पूरा नगरी गरिएको यो भ्रमणको कुनै अर्थ हुँदैन । हामीलाई कुनै निम्तो पनि सरकारी पक्षबाट आएको छैन’, उनले भने, ‘हामीलाई बोलाए पनि नयाँदिल्ली जाने रहर छैन ।’

भारत भ्रमण जानुअघि मुलुकभित्रको राजनीतिक समस्या अन्त्य गरेर जाँदा प्रधानमन्त्री ओलीलाई धेरै राम्रो हुने महासचिव सुमनको भनाइ थियो ।

‘मुलुकभित्रको राजनीतिक समस्या समाधान गर्दा प्रधानमन्त्रीको मनोवल पनि उच्च हुन्छ’, उनले भने, ‘होइन भने देशभित्रको आन्तरिक समस्याले सधैँ सताइ रहन्छ ।’

प्रधानमन्त्रीको भ्रमण दलमा संसदमा रहेका राजनीतिक दलका केही सांसदहरूलाई साथमा लैजान परम्परा रहेको छ ।