काठमाडौं । गीतसंगीतको क्षेत्रमा लामो समयदेखि मिहिनेत गरेकी गायिका सृजना खत्रीले भ्यालेन्टाइनडे उपहार स्वरुप ‘हाउडे माया’ आफ्ना शुभेच्छुकहरुलाई दिएकी छिन् ।
आफ्नै शब्द, संगीत र स्वरमा रहेको ‘हाउडे माया’को गायिका खत्रीले म्युजिक भिडियो समेत तयार पारेकी छिन् । म्युजिक भिडियो राम्रो बनेको उनले दाबी गरेकी छिन् ।
भिडियो सामाजिक सञ्जाल यूट्यबमा शनिबार अपलोड गरिएको हो ।
हाउडे मायाको एरेञ्जर विकेश गुरुङले गरेका हुन् । विकेशको एरेञ्ज सच्चिकै सुन्न लायक बनेको छ ।
गायिका खत्रीले आफ्नो ‘हाउडे माया’लाई काभ्रेको बनेपास्थित ध्यानकुटी बिहारमा रहेको मैत्री केन्द्र बालआश्रमका बालिकाहरु माझ गरेकी हुन् । यो बालआश्रम पिया रत्नले १६ वर्ष अघि स्थापना गरेका हुन् ।
गीतमा सृजना स्वयंले पनि अभिनय गरेकी छिन् । उनलाई मोडलिङमा विनु खड्का र विनोद न्यौपानेले साथ दिएका छन् ।
म्युजिक भिडियोलाई अर्जुन तिरावरीले छायाँकन गरेका हुन् । म्युजिक भिडियोको डाइरेक्सन विशाल खण्डारीले गरेको गायिका खत्रीले बताइन् । भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् ।















प्रतिक्रिया