काठमाडौं, ३ फागुन । कांग्रेसको १३ औँ महाधिवेशन सम्पन्न गर्न ४ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
कार्यबाहक सभापति रामचन्द्र पौडेललको अध्यक्षतामा आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको महाधिवेशन तयारी सम्बन्धी बैठकमा अर्थ समितिका संयोजक डा रामशरण महतले अनुमानित बजेट प्रस्तुत गरेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनले आर्थिक संकलनको स्रोत र खर्चका बारेमा बैठकमा जानकारी गराएका थिए। करिब २ करोड रुपैयाँ महाधिवेशन प्रतिनिधिहरुको प्रवेश शुल्कबाट उठ्ने र नपुग रकमका लागि स्वेच्छिक चन्दा अभियान थाल्ने कांग्रेसले जनाएको छ ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनसम्बन्धी तयारीका बारेमा मात्रै बैठक केन्द्रीत भएको बताए । उनका अनुसार महाधिवेशनको उद्घाटन खुल्लामञ्च र बन्दसत्र भृकुटिमण्डमा हुनेछ ।















प्रतिक्रिया