७ कार्तिक २०८३, शनिबार

निगमले पूरा ग्यासको सिलिण्डर वितरण गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gasकाठमाडौं, ३ फागुन । उपभोक्ताले ग्यास अभाव झेलेको पाँच महिनाभन्दा बढी भइसक्यो । यसबीचमा उपभोक्ताले दाउरा, ब्रिकेट, इन्डक्सन कुकर आदिको सहायताले छाक छारे ।

अभावकैबीच सरकारले आधा सिलिन्डर ग्यासको कन्सेप्ट ल्याएर केही हदसम्म भए पनि अभाव कम गर्ने प्रयास गर्‍यो । यद्यपि, ग्यास अभाव कायमै छ ।

गत साता नाकबन्दी खेले पनि पर्याप्त मात्रामा ग्यास आइरहेको छैन । अझै पनि उपभोक्ता ग्यास पाइनिे हो कि होइन भन्ने चिन्तामै छन् । नेपाल आयल निगमले भने आपूर्ति बढ्दै गएकाले अव उपभोक्ताले पूरै सिलिन्डर ग्यास पाउने दाबी गरेको समाचार कारोबार दैनिकले छापेको छ ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्का वीरगन्ज नाका खुला भएर बिस्तारै आपूर्ति बढेकाले अब सिलिन्डरमा पूरै ग्यास भरेर दिने बताउँछन् ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले ग्यास अभाव टार्न भन्दै गत भदौमा उपभोक्तालाई ७.१ किलो ग्यास दिने निर्णय गरेको थियो ।