१ कार्तिक २०८३, शनिबार

‘भ्यालेन्टाइन डे’को विरोधमा किन उत्रिइन तिर्सना बुढाथोकी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tirsana Budathoki pic 1

काठमाडौं । आइतबार १४ फेब्रुअरीका दिन विश्वभरका हरेक मानिसले प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ लाई धुमधामका साथ मनाएका छन् ।

नेपालमा पनि बुद्धबुद्धादेखि बालबालिकासम्मले खुसीका साथ यो दिवसलाई मनाएका छन् । शनिबार मात्रै परेको सरस्वती पूजा भन्दा आज परेको भ्यालेन्टाइन डेलाई सबैले मनाएको देखिएको छ ।

आजको दिन समाजिक सञ्जाल रंगिएका छन् । तर, यसको विरोध गर्ने विरलै भेटिए । त्यसमध्येकी एक हुन् तिर्सना बुढाथोकी । हरेक समय चर्चामा छाइरहने मोडल तथा नायिका तिर्सना बुढाथोकीले प्रणय दिवसको खुलेरै विरोध गरेकी छिन् ।

कारण हो विदेशी संस्कृतिको प्रभाव बढ्नु । उसो त उनी भ्यालेन्टाइन डे मात्रै होइन् विदेशीको संस्कृति मानिने क्रिस्मस डे को पनि विरोधी रहेछिन् ।

उनले भनिन्- विदेशी संस्कृतिलाई नबढाउँ भन्ने मेरो मान्यता हो । आफ्नो संस्कृति भुलेर अर्काको चलन अंगाल्नु ठिक होइन् । हिजो मात्रै हाम्रो संस्कृति अन्तर्गत पर्ने सरस्वती पूजा थियो । जसलाई धेरैले मनाएन् । तर, आज हेर फेसबुकका फित्ता भरिएका छन् । पार्क भरिएका छन् । यसले हाम्रो समाजलाई कता लग्दैछ ? हामीले हाम्रो संस्कृति भुल्नुहुँदैन् ।

यद्यपी उनले आजको दिन माया बाढ्ने दिन भएकाले सकारात्मक रुपमा पनि लिएको बताइन् । ‘म खुलेयाम यसको विरोध गर्दिन् । तर, सीमा नाघेर मनाउनुहुँदैन् भन्नेमा म छु,’ उनले भनिन्- ‘अहिले टिएनएनले यस्ता दिवसहरुको बढी फ्लो गर्न थालेका छन् । उनीहरुमा लभ गर्नुपर्ने रहेछ, गर्लफ्रेण्ड बनाउनुपर्ने रहेछ, प्रपोज गर्नुपर्ने रहेछ भन्ने भावना बढ्न थाल्यो जून उनीहरुको करियरका लागि पनि घातक हुनसक्छ साथै यसले संस्कृति हराउने सम्भावना पनि बढेको छ ।’

उनले आफूले फोटो खिच्दा ठूलो इश्यू बनाउने तर, विदेशी संस्कृतिलाई खुलेयाम स्वीकार पनि कोही विरोधमा नउत्रिएको भन्दै आक्रोश पोखिन् । ‘म माया गर्नहरुको विरोधी होइन् तर, मायामा विकृति ल्याउनेको विरोधी हुँ ।’ उनको भनाई छ ।