१ कार्तिक २०८३, शनिबार

‘भ्यालेन्टाइ डे’कै दिन यी हिरोइनले अस्वीकार गरिन् आफ्नै प्रेमीको प्रस्ताव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nita-Amesh

काठमाडौं । सबैले आइतबारको दिन प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाइरहँदा नेपाली सिने क्षेत्रकी एक चर्चित नायिकाले आफ्ना प्रेमीको प्रस्ताव अस्वीकार गरेकी छिन् ।

करिब चार वर्षदेखि नवनायक आमेष भण्डारीको प्रेमसम्बन्धमा रहेकी नायिका नीता ढुंगानाले भण्डारीको विहे प्रस्ताव अस्वीकार गरेकी हुन् । आमेषले प्रणय दिवसको अवसर पारेर नीतालाई आज विहानै विहे प्रस्ताव राखेका थिए ।

Nita-Amesh-1

अब आमेष नीताबीच तत्कालै विहे नहुने भएको छ । फागुन २१ गते चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ प्रदर्शनमा आएपछि बिहे गर्ने सोच बनाएका आमेषले नीतासँग तत्कालै विहे हुने सम्भावना नरहेको बताए । ‘फूलै फूलको मौसम तिमीलाई’ फिल्ममा आमेष र नीताको अभिनय रहेको छ ।

नीताले आफूलाई विहेका लागि दुई वर्ष कुर्न भनेको आमेषले जानकारी दिए ।