३० आश्विन २०८३, शुक्रबार

सुरक्षित महिनावारीका लागि एनआरएन क्यानडाको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRN-Canada

काठमाडौं । नेपालमा सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनका लागि एनआरएन क्यानडाले आर्थिक सहयोग गरेको छ । सेवा सञ्चार गुल्मी मार्फत् महिलाहमा सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनका लागि एक लाख ६२ हजार रुपैयाँ सहयोग गरेको हो ।

कृषि उपभोक्ता डवली काठमाडौंमा आयोजीत एक कार्यक्रममा एनआरएन क्यानडाका सदस्य माधव गजुरेलले संस्थाका अध्यक्ष गंगा खड्कालाई उक्त रकम हस्तान्तर गर्नुभयो । मध्य र सुदुर पश्चिमका जिल्लामा सुरक्षित महिनावारी अभियान चलाउनका लागि उक्त सहयोग गरिएकोगजुरेलले बताउनुभयो । उहाँले काम गर्दै गए रकमको खाँचो नहुनेसमेत बताउनुभयो ।

रकम ग्रहण गर्दै संस्थाकी अध्यक्ष खड्काले विद्यालयहरुमा पुगेर अभिमूखिकरण कार्यक्रम गर्नका लागि र स्यानेटरी प्याड तथा डिस्पोज गर्ने व्यवस्था गरीने कार्यक्रम रहेको बताउनुभयो ।

गुल्मीमा स्थापना भएको उक्त संस्थाले सुरक्षित महिनावारी कार्यक्रम सञ्चालन गर्दै छ । महिनावारी भएको समयमा महिलाहरुलाई नछुने भएको भन्दै अलग्गै राख्ने गरीन्छ । नियमित रजस्वलाको क्रममा महिलाहरुलाई स्थानीय रुपमा छुवाछुतको रुपमा हेर्ने रुढिवादी समस्यालाई परिवर्तन गर्न सेवा सञ्चार भन्ने संस्थाले काम गर्दैआएको छ ।

यस्तै गजुरेलले भूकम्पबाट क्षतिग्रस्त दोलखाको क्षामति उच्च माध्यमिक विद्यालयलाई पनि ४३ हजार ९ सय ५२ रुपैयाँ सहयोग गर्नुभयो ।

सहयोग रकम ग्रहण गर्दै विद्यालयका प्रतिनिधी शंकर सिवाकोटीले सहयोग रकम बन्दै गरेको भूकम्प प्रतिरोधात्मक भवनमा खर्च गरिने बताउनुभयो । उक्त विद्यालयमा ५० लाख रुपैयाँमा भूकम्प प्रतिरोधी भवन बन्दै छ ।