
मेलवर्न । सञ्चारकर्मी तथा गायक दिक्पाल देव पंगेनीले भ्यालेन्टाइन डे को अवसर पारेर कोसेलीका रुपमा प्रेम गीत ‘भेटी देउन…’ सार्वजनिक गरेका छन् ।
अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका दिक्पालले १४ फ्रेब्रअरीका दिन युट्यूबमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । दिक्पालको यो पहिलो एल्बम ‘अभिशा’को पहिलो म्युजिक भिडियो हो । एल्बम ‘अभिशा’मा ६ गीतहरु संग्रहित छन् भने यही वर्षको मे सम्ममा सार्वजनिक हुनेछ ।
म्युजिक भिडियो अस्ट्रेलियाको मेलवर्न र वरिपरिको क्षेत्रमा सुटिङ भएको थियो । उक्त गीतमा उनकी जीवन संगीनी सम्झना पंगेनीको शब्द रहेको छ । गीतमा सुन्दरी मोडल प्रकृति श्रेष्ठ, गौरव शर्मा, महेश विडारी, लिपिका कर्माचार्य, सुमन तिमल्सिना र प्रतिक्षा अधिकारी र दिक्पालको समेत अभिनय रहेको छ ।
म्युजिक भिडियोको कन्सेप्ट पनि दिक्पाल स्वयंमको नै रहेको छ भने निर्देशन, सम्पादन र छायाङ्कन जीवन रसाइलीले गरेका हुन् ।
पहिलो म्युजिक भिडियो सार्वजनिक भएपछि उत्साहित हुँदै पंगेनीले भने– ‘प्रणय दिवस आँफैमा एक सुखद सन्दर्भ हो । मेरो संगीत प्रतिको अभिरुची र एउटा पुरानो सपनाको म एकदमै नजिक छ ।’ पंगेनीका अनुसार प्रयोगको रुपमा संवादपनि रहेको यो गीत प्रेम र प्रणय, आग्रह र समर्पणको समिश्रण हो ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया