१ कार्तिक २०८३, शनिबार

‘भ्यालेन्टाइन डे’मा प्रेमिकासँग पार्कमै मस्ती गर्दागर्दै…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

romantic pic

काठमाडौं । पछिल्लो समयमा आएर सम्बन्ध जोड्नु, टुटाउनु, मायाको नाममा विभिन्न बिकृति विसंगती भित्राउनु कुनै नौलो कुरा भने होईन ।

अझ भन्ने हो भने पश्चिमेली मुलुकमा त यस्ता कुराहरूलाई सामान्य रूपमा लिएको पाईन्छ । तर हामी नेपालीहरुको माझमा हाम्रा रितिरिवाज, संस्कृति, तथा परम्पराले साघुरो नबनाएको पनि होईन । त्यति हुँदा हुँदै पनि माया, प्रेमको नाममा सिमा नाघ्ने र बिकृती भित्र्याउनेहरुको पनि कमी छैन ।

हाम्रो समाजमा भएका चाडपर्व तथा दिवसलाई बिर्सिएर पश्चिमेली संस्कृतिलाई अपनाउनु बानी नै परिसकेको छ । फाल्गुन २ गते पर्ने लखन थापा दिवसलाई हामी बिर्सन्छौ तर प्रणय दिवसको लागि तछाड–मछाड गर्छौ । यहि प्रेम दिवसको अवसरमा बुटवलमा एउटा भिडियो सार्बजनिक भएको छ ।

प्रसंग प्रेम दिवसकै अवसर पारेर सुनिल बन्जाडेको आधुनिक एल्बम रोय प्रिय युट्युव तथा टेलिभिजनमार्फत सार्बजनिक भएको छ । जसमा स्वर तथा शब्द सुनिल बन्जाडेको रहेको छ भने संगीत सौगात सायरले दिएका छन् ।

अविरल फिल्म प्रालिले बजार ब्यवस्थापन तथा दृश्य निर्माणको जिम्मा लिएको भिडियोको निर्देशन तथा सम्पादन विस्नु भट्टराईको छ भने भिडियोलाई टंक केसीले छायांकन गरेका छन् । सगुन शर्मा ले श्रींगार गरेको भिडियोमा सुनिल थापा, असिम खनाल, मनिशा शाहीको अभिनय देख्न सकिन्छ, धोका दिनु, चाडपर्वलाई बिकृतिको रुपमा भित्र्याउनु यी र यस्तै विषयवस्तु समेटेर तयार पारिएको भिडियोको छायांकन पाल्पा, सिद्धबाबा मन्दिर, तिनाउ खोला, श्री कस्तुरी होटल लगाएत बुटवलको विभिन्न ठाउमा गरिएको छ ।

हेर्नुस् भिडियोः