२४ कार्तिक २०८३, मंगलबार

एमालेलाई भ्यालेन्टाइन डेको उपहारः एमाओवादी र फोरमका नेता पार्टीमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– सुमन घिमिरे
मोरङ, २ फागुन । आज भ्यालेन्टाइन डे । सबै प्रेमी जोडीहरु रमाइरहेका छन् ।

मोरङमा भने नेताहरुले प्रेमी नभई पार्टी परिवर्तन गरेका छन् । पथरी शनिश्चरेमा एकीकृत माओवादी र संघीय समाजवादी फोरमका एक दर्जन नेता, कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेको ३ महिने देशव्यापी जनजागरण एवम् पार्टी सुद्धिकरण अभियानका क्रममा पथरीशनिश्चरे १ नम्बर शाखाको कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा, एमाओवादीका पूर्व क्षेत्रीय सदस्य बलबहादुर थाम्देन र नरेन्द्र सम्बाहाम्फे, संघीय समाजवादी फोरम २ नम्बर क्षेत्रीय अध्यक्ष राजेन्द्र गुरुङ, उपाध्यक्ष धनप्रसाद सावा, सदस्यहरु किशोरमान लिम्बू र हस्त लिम्बू, नगर सदस्यहरु पदम राई र खिनमाया लिम्बू रहेका छन् ।

त्यस्तै, फोरमकै संगठित सदस्यहरु सुकमान लिम्बू, मच्छिन्द्र तामाङ र संघीय युवा संघ मोरङका सचिव देव साम्पाङ पनि एमालेमा प्रवेश गर्नुभएको क्षेत्रीय सदस्य तुलसी ढकालले जनाउनु भएको छ ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष महेश रेग्मीले नवप्रवेशीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराउनु भएको छ ।