३० आश्विन २०८३, शुक्रबार

अब अमेरिकामा पनि नेपाली विद्यालय, सरस्वती पूजाकै दिनबाट संचालनमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-school-america-Opening (5)

– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको नेपाली समुदायको बाक्लो बस्ति भएको भर्जिनियाको मनासस शहरमा अमेरिकामा जन्मेका तथा नेपाली बालबालिकाहरुका लागि भाषा संस्कृति तथा नेपाल परिचय सम्बन्धि मुख्य लक्ष्य लिएर आज बिद्यालय औपचारिक रुपमा संचालनमा आएको छ ।

डिसी महानगर क्षेत्रको मनासस क्षेत्रमा स्थापित गैर मुनाफा सामाजिक संस्थामा अमेरिका नेपाल सहयोगी समाजको बिशेष पहलमा नेपाली पाठशाला संचालनमा आएको हो ।

गत फेब्रुअरी १ ,२०१६ तारिख देखि नै कक्षा संचालनमा आएता पनि अमेरिका नेपाल सहयोगी समाजको शिक्षा संकायको अमेरिका नेपाल शिक्षा सदनले पढाउने जिम्मेबार लिएको छ ।

सरस्वती पूजा र श्री पंचमीको पावन अवसरमा उद्घाटन गरिने योजना अनुसार आज एक समुद्घाटन कार्यक्रममा भर्जिनियामा रहेका महत्वपूर्ण व्यक्तित्वको उपस्थितिमा नेपाली पाठशाला विधिवत रुपमा संचालनमा आएको छ ।

उक्त नेपाली पाठशालामा नेपालमा शिक्षण पेसामा १(२ दशक सम्म अनुभव बटुलेका शिक्षक नियुक्त भएका छन् िगत फेब्रुअरी ६ तारिख देखि नै कक्षा संचालन बिबिध बिषयमा भै रहेको छ भने बिद्यालयमा ३ जना शिक्षक वैतनिक हुने छन् भने २ जना अवैतनिक (स्वयम् सेवक)मा काम गरि रहेका छन् ।

यसैगरि उक्त बिधालयमा नेपालको अनुभवको साथै अमेरिकाको भर्जिनियाको अनुमति प्राप्त शिक्षक पनि रहेका छन् । नेपालको सरकारी तथा निजि बिध्यालयका पाठ्यक्रमका पुस्तक झिकाईएको र नेपालका युकेजी देखि ३ सम्म का पाठयक्रम अनुसार पढाईने भएको छ ।

उक्त कार्यक्रममा म्यारिल्याण्ड इन्डियन हेड शहरकाका उप नगर प्रमुख ,किरण सिटौला ,बुद्धिजीविको तर्फ बाट प्रा डा गोपी उप्रेती ,समाज सेवी प्रेम संग्रौला ,अनेसासका संस्थापक तथा साहित्यकार होम नाथ सुबेदी लगायत बिशेष अतिथिहरुको उपस्थिति रहेको थियो ।

पानसमा बत्ति म्यारिल्याण्ड इन्डियन हेड शहरका उप नगर प्रमुख ,किरण सिटौलाले गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने सरस्वती पूजा परेकोले सरस्वतीको तस्बिरमा पूजा र्चना समेत गरिएको थियो ।

कार्यक्रममा तथा अमेरिकन राष्ट्रगान बाट कार्यक्रम सुरुवात गरिएको थियो । कार्यक्रममा शिक्षक ,अभिभावक ,समाज सेवी तथा अन्य अतिथिहरुले बोलेका थिए ।

अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष पदम रेग्मीले सबैलाई धन्यबाद दिदै बिद्यालयले गरेका काम र भाबी योजना बारे मन्तब्य राखेका थिए । कार्यक्रम संचालन कमला खरेल तथा सुनिता सुबेदी गौतमले पालै पालो गरेका थिए ।

Nepali-school-america-Opening (2) Nepali-school-america-Opening (3) Nepali-school-america-Opening (4)  Nepali-school-america-Opening (6) Nepali-school-america-Opening (1)