७ कार्तिक २०८३, शनिबार

नेपाल प्रहरीमा पनि अनियमितता ! को–को छन् संलग्न ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wuHV3ZhU– मदन भण्डारी
काठमाडौं, २ फागुुन । नेपाल प्रहरीले आर्थिक दैनिकलार्ई ज्याकेट खरिदसम्बन्धी विवरण दिन अस्वीकार गरेको छ । आर्थिक दैनिकले यही माघ ६ गतेको मितिमा प्रहरी प्रधान कार्यालय नक्सालमा समाचार सम्प्रेषणार्थ नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार आर्थिक वर्ष २०७०/०७१ र २०७१/०७२ मा नेपाल प्रहरीमा कार्यरत अधिकृत तथा जवानहरुको लागि खरिद गरिएको ज्याकेट खरिदसम्बन्धी विवरणसहितको सूचना उपलब्ध गराइदिन अनुरोध गर्दै पेस गरेको निवेदन सम्बन्धमा प्रहरी मुख्यालयले निवेदनमा माग गरिएको सूचना उपलब्ध गराउन नसकिने व्यहोराको जवाफ दिएको छ ।

मिति २०७२ माघ २० गतेको मितिमा आर्थिक दैनिकका सम्पादकको नाममा ८१५ चलानी नम्बरको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी डीआईजी कमलसिंह बमद्वारा हस्ताक्षरित उक्त पत्रमा ‘उल्लिखित सामानहरु आर्थिक वर्ष २०७१/०७२ मा प्रचलित सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ मा व्यवस्था भएबमोजिमको प्रक्रिया पूरा गरी सारभूत रुपमा प्रभावग्राही देखिएको दरमा खरिद गरिएको उल्लेख गर्दै सूचनामा माग गरिएको कम्पनीको नाम तथा ठेगाना सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा (३) को (क), (ग) र (ङ) बमोजिम र सम्झौताको प्रतिलिपिको हकमा उक्त ऐनको दफा ३ को उपदफा (३) को (ग) र (ङ)बमोजिमको विषय भएकोले उपलब्ध गराउन नमिल्ने भन्दै सूचना दिन अस्वीकार गरिएको छ ।

ज्याकेट खरिदमा अनियमितता भएको हुनसक्ने आशंकामा आर्थिक दैनिकले माग गरेको ज्याकेट खरिदसम्बन्धी विवरणसहितको सूचना सम्बन्धमा प्रहरी मुख्यालयले उक्त खरिदसम्बन्धी यथार्थ सूचना दिनुको सट्टा उक्त सूचना दिँदा नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने, आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैंकिङ वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने र व्यक्तिगत गोपनीयता र व्यक्तिको जिउ, ज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पु¥याउने भन्दै हास्यास्पद तर्क प्रस्तुत गरेको छ ।

आर्थिक दैनिकले नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार सार्वजनिक निकायका सूचनामा हरेक नेपाली नागरिकको समान पहुँच हुने व्यवस्थाअनुसार आर्थिक वर्ष २०७०/०७१, २०७१/०७२ मा प्रहरी प्रधान कार्यालयमातहतका युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुको लागि आवश्यक ज्याकेट खरिद गर्दा के कस्तो प्रक्रिया र के कति दरमा खरिद गरिएको हो ?

सोसम्बन्धी सम्पूर्ण विवरण, दुवै आर्थिक वर्षमा ज्याकेट सप्लार्ई गर्ने ठेकेदार कम्पनीहरुको नाम, ठेगानासहितको विवरण, बोलपत्रमार्फत खरिद गरिएको भएमा बोलपत्र आह्वान गर्दाको सूचनाको प्रतिलिपि, बोलपत्र छनौटको आशयको सूचनाको प्रतिलिपि, कोटेसनमार्फत खरिद गरेको भएमा कोटेसन आह्वान गर्दाको सूचनाको प्रतिलिपि र ठेकेदार कम्पनीसँग गरिएको खरिद सम्झौताको प्रतिलिपि र ज्याकेट खरिदपछि ठेकेदार कम्पनीलार्ई कुन युनिटबाट के कति रकम भुक्तानी दिइयो ? सोसम्बन्धी सम्पूर्ण विवरण माग गर्दै निवेदन पेस गरेकोमा प्रहरी प्रधान कार्यालयले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा (३) को (क), (ग) र (ङ) बमोजिम र सम्झौताको प्रतिलिपिको हकमा उक्त ऐनको दफा ३ को उपदफा (३) को (ग) र (ङ) को हवाला दिँदै सूचना दिन ठाडै अस्वीकार गर्नुलार्ई निकै अर्थपूर्ण मानिएको छ ।

main news suchanako hak scan file