काठमाडौं, २ फागुन । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था, महाधिवेशनको तयारी र सभापति सुशील कोइरालाको निधनपछि कसरी अगाडि जाने भन्ने विषयमा परामर्श गर्न पदाधिकारीहरूको बैठक बोलाएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकमा बस्ने पदाधिकारी बैठकमा १३औँ महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्न उपसमितिहरूका संयोजकलाई पनि बोलाइएको छ ।
कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीका अनुसार बैठकले १३औँ महाधिवेशनका विषयमा कसरी जाने र तयारीका विषयमा परामर्श हुनेछ ।
बैठकमा सभापति कोइरालाको निधनपछि कसरी कांग्रेसलाई अगाडि बढाउने भन्ने विषयमा परामर्श गर्ने बुझिएको छ ।
कांग्रेस सभापति कोइरालाको निधनपछि कांग्रेस पदाधिकारीहरूको बैठक पहिलो पटक बस्न लागेको हो । बैठकको अध्यक्षता कार्याबाहक सभापति रामचन्द्र पौडेलले गर्नु हुनेछ ।












प्रतिक्रिया