काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लाहरुमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव हुने भएको छ ।
यहि फागुन १९ देखि २८ गतेसम्म सांस्कृतिक महोत्सव गर्न लागिएको हो ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा ९ देशका कलाकारहरुको प्रस्तुति रहने सो महोत्सव काठमाडौंका साथै बनेपा, त्रिशुली र धादिङमा गरिनेछ ।
कल्चरल गु्रपका सदस्य समेत रहेका गायक कृष्ण रेउलेका अनुसार नेपालको कला संस्कृतिको संरक्षणका लागि महोत्सव गर्न लागिएको छ ।
काठमाडौंबाट सुरु हुने संगीत महोत्सव काठमाडौंमै समापन गरिनेछ । महोत्सवका लागि सबै तयारी पूरा भएको रेउलेले बताए ।















प्रतिक्रिया