काठमाडौं, २ फागुन । एमालेका युवा नेता रविन्द्र अधिकारीले आज बिहानै ट्वीट गरेर पार्टीका नेताहरूप्रति गम्भीर चिन्ता देखाएका छन् ।
एमालेभित्र संस्थापन समूहसँग त्यो पनि उपाध्यक्ष बामदेव गौतम नजिक भनेर चिनिने अधिकारीको ट्वीटमा दम थियो ।
उनले लेखेका छन्, ‘आफ्ना स्वार्थका लागि पार्टीमा गुटबन्दी गर्नेले कहिल्यै पार्टी निर्माण गर्न सक्दैन र पार्टी निर्माण गर्नेले गुट बनाउन पनि सक्दैन ।’ उनको यो ट्वीटले पार्टीभित्रको आन्तरिक चरम गटबन्दीका विषयमा छर्लङ्ग बनाएको छ । एमालेभित्र बनिरहेका गुट र उपगुटसँग उनी दुःखी भएको संकेत अनुमान गर्न पाइन्छ ।
अहिले एमाले निकट विद्यार्थी संगठनको राजधानीमा राष्ट्रिय महाधिवेशन चलिरहेको छ । यो सम्मेलनमा संस्थापन र वरिष्ठ नेता नेपाल पक्षको दुई समूह आमनेसामने छ । यसैलाई पनि संकेत गरेर अधिकारीले यो ट्वीट गरेका हुन सक्छन् ।
नेता अधिकारीले एमाले पार्टीभित्रै रहेको गुट र उपगुटको पनि आलोचना गरेको हुन सक्ने एक जना एमाले नेताले बताए । जो होस् एमालेभित्रको यो गुटबन्दीबाट युवा नेताहरू खुसी छैनन् भन्ने देखाएको छ ।












प्रतिक्रिया