
एजेन्सी । संसारमा यस्ता पनि ठाउँ छन् जहाँ विवाह नै हुँदैन् अर्थात विहे गर्न डराउँछन् । कारण हो बाँदरको आतंक । जून कुरा पत्याउनै गाह्रो छ तर, यो साँचो छ ।
यो ठाउँ धेरै टाढा छैन् । छिमेकी देश भारतको विहार राज्य हो जो नेपालसँग सीमा जोडिएको राज्य हो । विहारको राजधानी पटनाबाट ७५ किलोमिटर टाढा रहेको भोजपुर जिल्लाको रतनपुर गाउँमा अधिकांश चेलिबेटीको विहे नै हुन सकेको छैन् । बाँदरको आतंकका कारण यो गाउँमा कसैले पनि बुहारी माग्ने हिम्मत गर्न सकेका छैनन् । बाँदरहरु समूहमा आएर विहेमा आतंक मच्चाउने गर्छन् । विहे गर्दा मानिसहरु यो गाउँको नाम लिनेवित्तिकै डराउँछन् ।

यो घटनाको पर्दाफास भर्खरै मात्र एक जनाले हिम्मत जुटाएर विहे गर्ने क्रममा दोहोरिएपछि भएको हो । ७ दिन पहिला गाउँमा बैण्ड बाजा बजाउँदै एक बरात पुगेको थियो । बैण्ड बाजामा बराती झुमिरहेका थिए । त्यही समयमा बाँदरको समूहले बरातीमाथि हमला गर्यो । पहिला त बरातीले बाँदर भगाउने प्रयास गरे तर, जब बाँदरको आक्रमण तीव गतिमा बढ्यो तब सबै बरातीको भागाभाग भयो । ज्यान बचाएर त्यो गाउँबाट सुइकुच्चा ठोके ।
समाचार अनुसार यहाँको बाँदरको समूह कुख्यात अपराधिक समूहभन्दा कम छैन् । बाँदरकै कारण कोही पनि आफ्नो छोराको विहे यो गाउँमा गर्न चाँहदैन् । रतनपुर गाउँमा अब छोरी चेलीको विहेमा बाँदरले एक प्रकारको ग्रहण नै लगाइदिएका छन् ।















प्रतिक्रिया