२९ आश्विन २०८३, बिहिबार

भ्यालेन्टाइन डे विशेषः मेरी दिदीको फेसबुके प्रेम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siba-sthire“भावनामा फूल्छन् यहाँ बसन्तका फूलहरु
कतै हाँसो कतै आँसु वेदनाका मूलहरु
बगरमा सुसाउँछ खोला
प्रिय तिम्रो सम्झनामा रसाँइदिन्छ आँखा”

प्रपोज डे को दिन बेलुकापख यसो नेट खोलेर चलाउदै गर्दा माथि लेखिएका साहित्यका हरफहरु फेसबुक, ट्वीटर र बेबसाइटहरुमा लेखिएको थियो । प्राय, गर्लफ्रेण्ड र ब्वाईफ्रेण्ड हुने वा विवाहितहरुले यस दिवसलाई राम्रै रुपमा लिएको पाइन्छ उनीहरुले यही अवसरमा स्वदेशमा वा विदेशमा भएका आफ्नो प्रियलाई फेसबुकमा शुभकामना वा प्रेम पंक्ति पनि लेख्ने गरेको पाइयो । तर ‘धत् अर्काको संस्कृति पनि कसैले मनाउछ ??’ भन्नेहरु पनि अहिले आएर भ्यालेन्टाइन डे मनाउने र यस विषयमा सकारात्मक सोच राख्न थालेको पाइन्छ ।

‘मलाई यतिखेर तिनै दिदीको सम्झना आयो । जुन दिदी १ वर्ष अघि कोरिया बस्दै आएको युवकसँग फेसबुकबाटै प्रेम बसेको वर्षदिन नबित्दै ती दुई युवायुवती प्रणय सुत्रमा बाँधिएका थिए ।’

अंग्रेजी पात्रोअनुसार फेब्रुअरी १४ तारिकमा मनाइने भ्यालेन्टाइन डे नेपाली पात्रोअनुसार फागुन २ गते परेको थियो । नेपाल भित्रिएको छोटो समयमै यो दिवसले निकै चर्चा पाउन थालेको पाइन्छ । हुनत नराम्रो काम गर्न पो हुदैँन, एकले अर्कोलाई प्रेम गर्नुत राम्रै कुरा हो ।

त्यस्तै भ्यालेन्टाइन डे लाई आफ्नो प्रेमीप्रेमीकालाई फूल एवं उपहार पठाउने दिनको रुपमा पनि लिइन्छ । गुलाफलाई फूलको राजा भनिन्छ । प्रेमको प्रतीक मानिने गुलाफको फूल पे्रमिकालाई दिँदा आफ्नो प्रेम अझ बलियो हुने विश्वास गरिन्छ । गुलाफ विभिन्न रङका हुन्छन् । सबैको आफ्नै महत्व र अर्थ रहेको छ ।

रातो गुलाफ
प्रेम अभिव्यक्त गर्न रातो गुलाफको फूलको प्रयोग गरिन्छ । यसले प्रेम प्रस्ताव राख्ने मान्यता राख्छ । एउटा प्रेमीले रातो गुलाफको फूल दिँदा प्रेमीकाले स्वीकारिन् भने एक अर्काको मायाको प्रस्ताव स्वीकार्य भएको मानिन्छ ।

गुलाफी गुलाफ
मित्रता एवं मुटुको धड्कनको प्रतीकको रुपमा गुलाफी गुलाफको फूललाई मानिन्छ । भ्यालेन्टाइन डेमा गुलाफी रङको फूल दिनुको अर्थ यो मुटुको धड्कन केवल तिम्रै लागि मात्र भन्ने बुझिन्छ ।

सेतो गुलाफ
साँचो प्रम र स्वच्छ एवं निर्मल मनले एकआपसमा माया गर्छु भन्ने भावना सेतो गुलाफको संकेत मानिन्छ ।

पहेँलो गुलाफ
पहेँलो गुलाफको फूल मित्रताको प्रतिक मानिन्छ । यसको प्रचलन मिधता दिवस अर्थात पे्रmन्ड्स डे मा प्रयोग गरिन्छ तर यसको उपयोग भ्यालेन्टाइन डेमा पनि मित्रताको लागि एकले अर्कालाई दिने प्रचलन छ ।

कालो गुलाफ
कालो गुलाफको फूल विदाइको प्रतिकको रुपमा लिइन्छ । यदि केही कारणले प्रेम सम्बन्धलाई अगाडि बढाउन चाहनु भएन भने वा प्रेमको अन्त्यको लागि आफूले भन्न नसकेको खण्डमा कालो गुलाफको फूल दिने गरिन्छ जसले प्रेमको सम्बन्ध अन्त्य भयो भन्ने बुझ्नुपर्छ । विश्वमा तेस्रो शताब्दीदेखि शुरु भएको भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा प्रेमीप्रेमीकाहरुले आफ्नो प्रेमलाई बलियो बनाउन, नवप्रेमको सुरुवात गर्न र पे्रमबाट विदाइ लिन पनि विभिन्न रङका गुलाफको प्रयोग गरेको पाइन्छ ।

बदँलिदो परिस्थिति
पहिले पहिले प्रेम गर्नका लागि चिठीको सहारा लिइन्थ्यो । त्यसबेला आदानप्रदान चिठी पत्रहरुलाई मायाको चिनो मानी सुरक्षित रुपमा राखिन्थ्यो । मेरो फूपु दिदि भन्नुहुन्थ्यो “प्रेमपत्रको आफ्नै महत्व थियो, भावना छताछुल्ल पोख्न सक्ने उपयुक्त माध्यमका रुपमा लिइन्थ्यो । समयको रुपान्तरणसँगै प्रेम गर्ने शैलीमा पनि परिवर्तन आयो ।

अहिले भेटघालाई महत्व दिइन्छ । भेटघाट हुन नसकेको अवस्थामा फेसबुक, ट्वीटर र बेबसाइटलाई प्रयोग गरिन्छ । यस्तै फेसबुक, ट्वीटर र बेबसाइटको प्रयोगबाट प्रेम गर्नेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको पाइन्छ ।

अहिलेका आम युवायुवतीले फेसबुक, ट्वीटर र बेबसाइट तथा स्काइपको प्रयोगबाटै एक अर्काको हृदय क्लिक गर्ने गरेको पाइन्छ । यस्तै मलाई यतिखेर तिनै दिदिको सम्झना आयो । जुन दिदि १ वर्ष अघि कोरिया बस्दै आएको युवकसँग फेसबुकबाटै प्रेम बसेको वर्षदिन नबित्दै ती दुई युवायुवती प्रणय सुत्रमा बाँधिएका थिए । अहिले त आम युवायुवती आफ्नै मोबाइलबाट मज्जाले नेट चलाउन पाउदा थुप्रै युवायुवतीका आँखाबाट हर्षका आँसु बग्छन्, तर अलि सबै कुरामा विस्तृतमा नबुझी आवेसमा विवाह गर्नेहरु भने जब वास्तविक जीवनमा प्रवेश गर्छन् त्यसपछित विचराहरु हर्षका आँसु होइन, दुःखका आँसु बगाउछन् । त्रिशुलीको पानीजस्तै यस्तै यतिखेर तिनै भाईको याद आयो जसले फेसबुकबाट पे्रम बसेको केही समयपछि विवाह गरेका थिए । तर केटाले जुन आश्वासन दिएर विवाह गरेको थियो त्यो झुटो भएपछि, ति युवतीले वर्षदिन नबित्दै वैवाहिक सम्बन्ध ब्रेक गरिन् ।

अहिले त मोबाइबाटै धेरै सुविधा भएपछि थु्रपैले प्रेममय कुरा धेरै सजिलो बनाइदिएको छ । मोबाइलले त झन प्रेम भावना साट्न र डेटिङ मिलाउन सघाएको छ । अहिले त कलेज पढ्ने युवायुवतीहरु मात्र होइन स्कुल पढ्ने साना साना भाईबहिनी हरुका हातमा पनि मोबाइल ।

प्रेमको ठाउँ
पहिले पहिले प्रेम गर्ने थलोका रुपमा रेष्टुरेन्टलाई लिइन्थ्यो रे । एक कप चिया लिएर घन्टौसम्म प्रेमका कुरा गरेपछि रेष्टुरेन्टका मालिक पनि दिक्क हुने गरेको बताउनुहुन्छ शिक्षिका कविता मोक्ताङ । ठाउँको अभावमा अन्य ग्राहक फर्कने र प्रेम जोडीले चिया मात्र लिएर घन्टौ समय बिताउदा रेष्टुरेन्ट घाटामा जाने गरेको बताउनुहुन्छ । बिगत १५ वर्षदेखि रेष्टुरेन्ट संचालन गर्दै आउनुभएका रेष्टुरेन्ट मालिक ।

आजभोलि त पार्कहरुमा प्रेम गर्न जानेको लाइन नै चलेको देखिन्छ । टिकट किनेर पार्कमा प्रवेश गरेपछि दिनभर नै जोडीहरु लटपटिने गर्दछन् । एक अर्काबीच स्वर्गमा पुगेको अनुभव गर्छन् । युगल जोडीका यस्ता दृश्य ठाउँ ठाउँका पार्कहरुमा देख्न पाइन्छ । बनबाटिका, फूलबारी, गजेडीताल, हिलपार्क तथा अन्य विभिन्न पार्कहरुमा ओठ जोडिरहेको दृश्य भेट्दा अब कुनै आश्चर्य मानिरहनु पर्दैन । भन्ने गरिन्छ, प्रेममा पिडा मात्र होइन डाहा पनि हुन्छ रे । केही समय पहिला कुनै जोडीले हात समातेर हिडेको देख्दा फर्किफर्कि हेर्ने नेपाली समाजमा केहि समय सम्मत प्रेम एउटा वर्जित विषय रह्यो । तर अब भने प्रेमका बदलिदाँ रुपहरु देखिन थालेका पाइन्छ ।

विश्वमा तेस्रो शताब्दिदेखि सुरु भएको मानिन्छ भ्यालेन्टाइन डे । रोमका तत्कालिन सम्राट क्लाउडियसले रोममा सैनिकहरुलाई प्रेम गर्न सिकाएर गृहस्थ जीवनमा फसाएको आरोपमा पादरी सेन्ट भ्यालेन्टाइनलाई मुत्युदण्ड दिएका थिए । महिलासगँको प्रेमका कारण आफ्नो सुरक्षाकर्मी कमजोर हुने डरले सम्राट क्लाउडियसले प्रेम र विवाहमा रोक लगाएका थिए । भ्यालेन्टाइनले सम्राटको आदेश उल्लङ्घन गर्दै सैनिकहरुलाई वैवाहिक सुत्रमा बाँधिदिएका कारण भ्यालेन्टाइनलाई फेब्रुअरी १४ का दिन मृत्युदण्ड दिएकाले उनकै सम्झनामा प्रेम दिवस मनाउने गरेको पाइन्छ ।

अन्तमा जेहोस् एक आपसमा प्रेम गर्नु राम्रो हो । भ्यालेन्टाइन डेलाई युवायुवतीले मात्र मनाउने हो भन्ने नसोची साथीभाई, दिदिबहिनी, आमाबुबा लगायका हरेक मन पर्ने व्यक्तिसँग मनाउन सकिन्छ । त्यसैले प्रेम दिवसलाई सकारात्मक रुपमा लिने गरौ । साथै नवप्रेमको शुरुवात गर्ने र आफ्नो प्रेमलाई बलियो बनाउन भ्यालेन्टाइन मनाउनेहरुका लागि यसपालिको भ्यान्टाइनले दुःख पीडा, विरहलाई हटाई उनीहरुको प्रेम दीगो र चाहेजस्तो बनोस् यही शुभकामना ।