२९ आश्विन २०८३, बिहिबार

महिलाका लागि सिटामोल सेवन खतरनाक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

citamolएजेन्सी । सामान्यतया टाउको दुख्दा मानिसले सम्झिने औषधि भनेको सिटामोल हो । तर, यसको सेवन महिलाको प्रजनन स्वास्थ्यका लागि भने खतरनाक सावित भएको छ ।

गर्भावस्थाका बेला सानोतिनो दुखाइमा प्यारासिटामोलको उपयोग गर्दा यसले भविष्यको सन्तानमा असर पार्न सक्छ । अर्थात्, यसले गर्भवती महिलाको हुने सन्तान वा आउने पिँढीको प्रजनन क्षमता कम हुँदै जान्छ ।

साइन्टिफिक रिपोर्ट जर्नलमा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ । बेलायतको एडिनबरा युनिभर्सिटीका अनुसन्धाताहरूले मुसामा यसको परीक्षण गरेका हुन् । परीक्षणमा के पाइयो भने, एउटा मुसालाई गर्भको स्थितिमा सामान्य दुखाइनाशक दिइयो अनि उसको सन्तानमा अण्डाणुको संख्या कम पाइयो ।

यस्तो खाले असर भाले सन्तानमा समेत देखियो । उनीहरूसँग त्यो कोषिकाको कमी थियो, जसले भविष्यमा शुक्रकीटको संख्या बढाउन सकोस् । जब कि वयस्क हुँदासम्म उनीहरूको प्रजनन प्रणाली सामान्य भयो ।

वर्तमान परिणामअनुसार, अनुसन्धाताहरूले गर्भवतीहरूले अत्यावश्यक भए मात्र केही समयको लागि थोरै मात्रामा दुखाइनाशक औषधि लिनुपर्ने सुझाव दिएका छन् । (कान्तिपुरबाट)